Homeसमाचारप्रेस युनियन केन्द्रीय समितिले गरेको निणर्य विधान विपरीत भएको भन्दै झापा शाखाको...

प्रेस युनियन केन्द्रीय समितिले गरेको निणर्य विधान विपरीत भएको भन्दै झापा शाखाको आपत्ती

बिर्तामोड ५ चैत । नेपाल प्रेस युनियन केन्द्रीय समितिले केहीदिन अघि सातजना केन्द्रीय सदस्यमा मनोचित गरेको निर्णयप्रति नेपाल प्रेस युनियन झापा शाखाले आपत्ती जनाएको छ ।
झापा शाखाका सभापति इन्दु पूर्वेली र डिल्लीराम घोर्साईंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बैधानिकता सकिएको चारबर्षपछि २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः विधान विपरित केन्द्रीय सदस्य मनोनित गर्नु संस्थाको विधान विपरित भएको ठहर गर्दै प्रेस युनियन झापाले आपत्ती जनाएको हो ।
युनियन झापा शाखाले विधान मिचेर गरिएको उक्त निर्णय सच्याउन माग गर्दै विज्ञप्तिमा भनिएको छ–‘उक्त निर्णय फिर्ता नलिए उत्पन्न हुने असहज परिस्थितिप्रति गम्भिर हुनसमेत केन्द्रीय समितिलाई आह्वान गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छ –‘२०७१ साल भदौ २१ देखि २३ गतेसम्म पोखरामा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको वर्तमान नेतृत्वको बैधानिकता विधानतः २०७४ सालमा नै सकिएको युनियनमा आबद्ध सबैमा विदितै छ । बैधानिकता सकिएको चारबर्षपछि आगामी २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः विधान विपरित सदस्यता थप गर्दै जानुले विधि, प्रक्रिया र विधान मिचिएकोप्रति नेपाल प्रेस युनियन झापाको आपत्ती छ । ’
नेपाल प्रेस युनियनको विधानको परिच्छेद ५ ९क० मा युनियनको केन्द्रीय समिति ७१ सदस्यीय हुने र त्यसमध्ये ६६ जना निर्वाचित एवं ५ जना मनोनयन गर्ने प्रावधान उल्लेख रहेको विज्ञप्तिमा जनाइएको छ । उक्त प्रावधान अनुरुप यसअघि नै ७१ सदस्यीय केन्द्रीय समिति बनेको बुझिएको र विधानको प्रावधान विपरित महाधिवेशन तोकिसकेको सन्दर्भमा पुनः ७ जना मनोनयन गर्ने सर्वाधिकार नरहेको जनाइएको छ । साथै प्रेस युनियनको विधानको परिच्छेद ५ को २१ ९क० मा पाँचबर्ष अघिदेखि प्रेस युनियनको निरन्तररुपमा साधारण सदस्य रहेको ब्यक्ति मात्रै केन्द्रीय सदस्यका लागि योग्य हुने विधानतः ब्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विधानको उक्त ब्यवस्थालाई लत्याएर लगभग साढे तीनमहिना अघिमात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी ब्यक्तिदेखि, लगभग तीनबर्ष अघिमात्रै प्रेस युनियनको साधारण सदस्यता प्राप्त गरेका ब्यक्तिसम्मलाई समेत केन्द्रीय सदस्यमा मनोनयन गर्नु प्रेस युनियनको स्थापना कालदेखि सक्रिय अग्रजहरुमाथिकै अपमान, अवहेलना र संस्थामाथिकै गम्भिर घात हो भन्ने नेपाल प्रेस युनियन झापाको ठहर छ’–विज्ञप्तिमा भनिएको छ ।
नीति, नियम, कानून, विधान र लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर वकालत गर्ने लोकतन्त्रवादी पक्षधर पत्रकारहरुको शिर निहुरिने गरी वर्तमान नेतृत्वले गरेको मनोनयन तत्काल फिर्ता लिएर महाधिवेशनका लागि सहज वातावरण बनाउन पनि नेपाल प्रेस युनियन झापाले जोडदार माग गरेको छ ।
‘संविधान, कानून र संस्थाको विधानभन्दा माथि कोही पनि हुँदैन भन्ने विषयको हेक्का राखेर केन्द्रीय सदस्य मनोनयन गर्ने उक्त निर्णय तत्काल फिर्ता लिन हामी केन्द्रीय अध्यक्षको गम्भिर ध्यानाकर्षण गराउँदछौं । विधान विपरित कामचलाऊ मात्रै भइसकेको समितिले निश्पक्ष, धाँधलीरहित महाधिवेशनमा केन्द्रित हुन आग्रह समेत गर्दछौं’– विज्ञप्तिमा भनिएको छ– ‘विधान विपरित संस्थाको नेतृत्व ओगटिरहने र प्रत्येक कामकारबाही समेत विधान विपरित गर्दै जाने छुट कसैलाई नहुने स्पष्ट पार्दै यो निर्णय फिर्ता नलिए उत्पन्न हुने असहज परिस्थितिप्रति गम्भिर हुन समेत केन्द्रीय समितिलाई आह्वान गर्दछौं ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रेस युनियन केन्द्रीय समितिले गरेको निणर्य विधान विपरीत भएको भन्दै झापा शाखाको...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img