HomeFeatured 2बिपीको जिर्ण शालिक मर्मत संभार गरिने

बिपीको जिर्ण शालिक मर्मत संभार गरिने

भद्रपुर ५ चैत्र । बिश्वेश्वर प्रसाद कोईराला विपी स्मृति प्रतिष्ठान भद्रपुरले झापाको सदरमुकाम चन्द्रगढीस्थित धनषमोडमा रहेको जननायक विपी कोईरालाको शालिक मर्मत संम्भार सहितको रंगरोगन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा छाताचोक स्थित महिला जागरणको सभाहलमा शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभाले कोईरालालको जिर्ण बनेको शालिक मर्मत संभार गर्दै निकट भविष्यमा प्रतिष्ठान भवन निर्माणका लागि जगादाताको खोजी गर्ने निर्णय गरेको हो ।
सो सभाले भरखरै मात्र मोटर साईकल दुर्घटनामा परी उपचाररत रहनु भएका प्रतिष्ठानका बर्तमान अध्यक्ष मोहनसिंह कार्कीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
प्रतिष्ठानका कार्यबाहक अध्यक्ष पुष्कल भट्टराईको अध्यक्षता तथा सचिव लावष्यकुमार पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाण्डे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भद्रपुर ९ वडा सभापति चेतनाथ भट्टराई लगायतका जिल्ला तथा नगर प्रतिनिधहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिपीको जिर्ण शालिक मर्मत संभार गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img