बिर्तामोड ५ चैत । नेपाली काङ्ग्रेस झापा बिर्तामोड नगरपालिका ५ नम्बर वडाका तरुणहरुको भेलाले दिनेश चौधरीको संयोजकत्वमा ६७ सदस्यीय नेपाल तरुण दल गठन गरेको छ ।
समितिको उपसम्योजकमा मिराज अन्सारी, बिजय तामाङ, सचिवमा अनुप कटुवाल, प्रज्वल बिमली, सहसचिव अनुज नेपाल र बिबस राइ र कोषध्यक्षमा बरुण चौधरी रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले युबाहरुको काधमा देश र जनताको भबिष्य रहेकोे उल्लेख गर्दै जागरुक भएर लोकतान्त्रिक पद्धतिका पक्षमा युबाहरुलाइ संगठित गर्न आग्रह गर्नुभयो ।
दिपक मेनेङ्बोको सभापतित्वमा सप्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, वडाका लागि जिल्ला प्रतिनिधि पुष्प चौधरी, तरुण दल सहसचिव सजेश शिवाकोटी, आनन्द गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
खगेन्द्र प्रसाइले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सन्तोष कडरियाले गर्नुभएको थियोे ।
तरुण दल बिर्तामोड–५ को सभापतिमा दिनेश

































































































