Homeसमाचारभद्रपुरमा मारवाडी संघको होलीमिलन कार्यक्रम

भद्रपुरमा मारवाडी संघको होलीमिलन कार्यक्रम

भद्रपुर ३ चैत्र । झापाको भद्रपुरमा भाषागत सांस्कृतिक कार्यक्रमका साथ विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र प्रदान सहित विविध गतिविधि गर्दै मारवाडी संघले बृहत होली मिलन समारोह सम्पन्न गरेको छ ।
भद्रपुरस्थित संघको कार्यालयमा मारवाडी महिला मञ्च, मारवाडी संघ भद्रपुर र मारवाडी युवा मञ्च भद्रपुरको संयुक्त आयोजनामा मारवाडी भाषाबाट गित नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान गर्दै समारोहको समापन गरिएको हो ।
प्रदेश नं १ का भुमी व्यावस्था तथा गरीवी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न विधाका उत्कृष्ठ मारवाडी विद्यार्थी ६ जना, बृद्ध सम्मानबाट ५ जना, मरणोपरान्त सम्मानबाट २ जना सहित १३ जनालाई प्रमाण पत्र वितरण गरिएको थियो ।
मरोपरान्त सम्मानबाट संघका पूर्व अध्यक्षहरु स्वर्गीय पर्शुराम अग्रवाल,र ओम प्रकाश साहेवालालाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
यसै गरी बृद्धा सम्मानबाट राजकरण कोठारी, किसन मित्रुका, लक्ष्मीदेवी अग्रवाल, नैनादेवी साहेवाला र लक्ष्मी देवी टायललाई सम्मान पत्र ले सम्मान गरिएको थियो ।
कार्यक्रममा २०७७ सालमा विभिन्न विधामा स्नातक तह देखि एस ई इ परीक्षा तथा चित्रकलामा उत्कष्ृठ मारवाडी विद्यार्थीहरु ६ जनालाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
संघका अध्यक्ष अजयकुमार साहेवालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाष्कर शर्मा र निलम गोयलले संयुक्त रुपमा गरेका थिए ।
समारोहमा मारवाडी भाषाबाट विभिन्न गित , नृत्य, नाकट र कविता प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्नुका साथै बृहत सांस्कृतिक गतिविधि समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रमा नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योग संघ झापाका अध्यक्ष नवराज पनेरु, समाजसेवी दिनबन्धु गोयल लगायतका स्थानीयहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेका थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा मारवाडी संघको होलीमिलन कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img