HomeFeatured 2पूर्वराष्ट्रिय खेलाडीदेखि जिल्लाका सामाजिक अभियान्तासम्मलाई सम्मान

पूर्वराष्ट्रिय खेलाडीदेखि जिल्लाका सामाजिक अभियान्तासम्मलाई सम्मान

बिर्तामोड २ चैत । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ ।
अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । झापा गोल्ड कपले प्रत्येक संस्करणमा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दैै आएको छ ।
त्यस्तै, झापा गोल्ड कपले कलाकार प्राज्ञ पवन राजवंशी, सामाजिक व्यक्तित्व मदनगोपाल सुब्बा, अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवान, शिक्षासेवी इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईलाई प्रतियोगिताको अलगअलग दिन सम्मान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विशेष योगदान पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महासचिव अर्जुन मैनालीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, झापा गोल्ड कपले पूर्वमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल, नेपाली कांग्रेस १ नम्बर प्रदेश सभापति उद्धव थापा, डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक तथा सामाजिक अभियान्ता लोकबन्धु कन्दङवा, झापाका पूर्वप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई सम्मान गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।
यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारका सदस्य भीमलाल र ललिता राजवंशीलाई नगद ३१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । झापा गोल्ड कपले पूर्वेली युवा क्लब र मेची हेल्थ फिटनेस सेन्टर, वीरता जेसिज, नवोदय फनमिन स्कुलसहित कार्यसमिति सदस्यहरु चन्द्रमणि कट्टेल, यादव पोखरेल, विष्णु सिग्देललाई कदरपत्र प्रदान गरिएको थियो । झापा फुटबल क्लबका खेलाडी सरोज कार्की डोलीलाई कदरपत्रसहित विदाइ गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पूर्वराष्ट्रिय खेलाडीदेखि जिल्लाका सामाजिक अभियान्तासम्मलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img