HomeFeatured 2नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको अध्यक्षमा सिरतलाल

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको अध्यक्षमा सिरतलाल

बिर्तामोड २८ फागुन । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) झापाको सातौ जिल्ला अधिबेशनले सिरतलाल राजबंशीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा केदार राजबंशी, महिला उपाध्यक्षमा कबिता रार्इ सचिबमा सन्जय शेख, सहसचिबमा प्रभुलाल राजबंशी र कोषाध्यक्षमा नितानन्द राजबंशी चयन भएका छन् ।
समितिका सदस्यहरुमा रामलाल राजबंशी, रुद्रबहादुर निरौला, बिपिन राजबंशी, मानिक राजबंशी, एलिना खड्का, राम राई र रन्जित राजबंशी रहेको निर्वाचन अधिकृत जयकुमार दाहालले जानकारी दिनुभयो ।
नवनिर्वाचित समितिलाई निर्वाचन समिती सदस्य इन्दु पुर्बेलीले सपथ गराउनु भएको थियो । सपथ पछि नवनिर्बाचित अध्यक्ष राजबंशीले प्रतिबद्धता मन्तव्य राख्दै निर्माण श्रमिकहरुको अधिकार प्राप्ति एवं समस्या समाधानका लागि आफू कृयाशिल रहने बताउनुभयो ।
अधिबेशनको उद्घाटन गर्दै नेपाली काङ्रेस झापाका सभापती एवं कार्यक्रमका प्रमुख अतिथी देउकुमार थेबेले सस्थालाइ तल्लो तहसम्म पुर्याएर सबैलाई कृयाशिल बनाउने कार्यमा लाग्न आग्रह गर्नुभयो ।
निर्माणसग सम्बद्ध श्रमिकहरुको संख्या उल्लेख्य रहेको उल्लेख गर्दै सभापति थेबेले कम्युनिष्टहरुले मजदुरलाई समेत लेबी उठाएर शोषण गरेको बताउनुभयो । मजदुरमाथी भएको शोषणको अन्त्यका लागि क्रियाशिल हुन आह्वान गर्दै उक्त कार्यमा पार्टीले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपमहासचिव ज्योति कोइराला, प्रदेश उपाध्यक्ष दिपक प्रधान, झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका प्रदेश –१ का अध्यक्ष अयुब हुसेन लगायतले मन्तव्य राख्नुभएको थियो ।
सस्थाका कार्यबाहक अध्यक्ष सिरतलाल राजबन्सीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत बुद्धिप्रसाद पाण्डेले स्वागत र संचालन सन्जय शेखले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको अध्यक्षमा सिरतलाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img