Homeसमाचारएमसीसी परियोजनाबारे प्रस्ट्याउँदै कांग्रेस महामन्त्री शर्मा

एमसीसी परियोजनाबारे प्रस्ट्याउँदै कांग्रेस महामन्त्री शर्मा

भद्रपुर २८ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी परियोजना विद्युत र सडकको विकासका लागि आएको अमेरिकी सहयोग रहेको प्रष्ट पारेका छन् ।
नेपाली काँग्रेस भद्रपुर १० ले आयोजना गरेको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रमलाई चन्द्रगढी स्थित प्रशिक्षण केन्द्रमा आज सम्पन्न कार्यक्रममा बोल्दै शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सवै प्रधानमन्त्रीले अमेरिकी सरकारसित मागेको सहयोग परियोजना विद्युत र सडकको विकासका लागि आएको प्रष्ट पारेका हुन् ।
कार्यकर्ता माझ मन्तव्य राख्दै महामन्त्री शर्माले संसदबाट अनुमोदन हुने बेलामा संसद भित्र रहेका सवै दलले सहयोग गरेर मात्र अनुमोदित भएको भन्दै निर्वाचनका बेला मत तान्न केही दलले जनताका माझ भ्रम छर्दै अमेरिकी सेना आउने हल्ला मच्चाएर झुटको खेती गरिरहेको बताएका छन् । उनले नेपाल देशको आफ्नो आम्दानीले मात्र देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भएकाले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको भन्दै मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर विजुली बेच्ने देश बनाउन एमसीसी स्वीकार गरिएको जनाए । उनले अमेरिका र चीनको अन्र्तद्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले एमसीसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेको बताए । काँग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनौटमा लागि पर्ने बताउँदै फाष्टट्रयाक र अरूण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगमा निर्मित विकासको काम भएको बुझ्न सवैसित अनुरोध गरेका छन् ।
शर्माले २३ वटा संसद जितेको काँग्रेसको काँधमा सरकारको भारी कम्युनिष्टको असक्षमपनबाट आइलागेको भन्दै अव सत्ता सञ्चालनको वास्तविक सारथी काँग्रेस मात्र रहेको नागरिकले बुझिसकेको उल्लेख गरेका छन् । उनले २०७४ को निर्वाचनमा कम्युनिष्टलाई भारी बहुमत दिएका नेपाली नागरिकले कोरोनाको विपतमा कम्युनिष्टहरूकै अन्तर कलह हेरेर उपचार नपाइ मर्नु पर्ने अवस्था समेत भोगिसकेको भन्दै वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।
नेपाली काँग्रेस भद्रपुर १० का सभापति विष्णुप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति केशवराज पाण्डे, पुर्व जिल्ला उपसभापति राम कट्टेल, तरूण दलका सभापति गोपाल तामाङ, सहप्राध्यापक दुर्गाप्रसाद पराजुली लगायतले मन्तव्य राख्दै वैचारिक रूपमा एक भएर काँग्रेसका कार्यकर्ता उभिनु पनेृमा जोड दिएका थिए ।
वडा उपसभापति रमला वराल अधिकारीले स्वागत गरेको कार्यक्रममा नेकपा एमाले, राप्रपा लगायत दल त्यागेर दुइदर्जन बढी व्यक्तिहरू काँग्रेस प्रवेश गरेका थिए । चर्चित युवा गायक अर्जुन खरेल लगायत नव प्रवेशीहरूलाई महामन्त्री शर्माले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । भने गायक खरेल, निरज पोखरेल लगायत गायकहरूको टालीले गीत संगती प्रस्तुत समेत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमसीसी परियोजनाबारे प्रस्ट्याउँदै कांग्रेस महामन्त्री शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img