बिर्तामोड २० फागुन । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. को आर्थिक सहयोगमा महिलाको क्षमता अभिबृद्वि तथा महिला हिंसा विरूद्व कानूनी शिक्षा सम्बन्धि तीनदिने तालिम आजदेखि शुरू भएको छ ।
संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं। ९ का वडाध्यक्ष पवित्रा पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाठक नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिमको पहिलोदिन कुनै पनि कार्यक्रम सञ्चालनका क्रममा अपनाउनु पर्ने प्राविधिक पक्षबारे सहभागीलाई जानकारी गराउँदै प्राक्टिकल गर्न लगाइएको थियो ।
ज्योस्ना श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष सावित्रा दाहालले गर्नु भएको थियो । पहिलो दिनको तालिममा प्रशिक्षक भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको उपाध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो ।
महिलाको क्षमता अभिबृद्धि र हिंसा बिरुद्ध कानूनी शिक्षा सम्बन्धी तालिम शुरू
