शनिश्चरे २४ भदौ । अर्जुनधारा नगरपालिका–७ डाँडागाउँस्थित नमूना महिला कृषक समूहको छैटौं बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
स्थानीय गुरागाँई प्रतिष्ठानको भवनमा आयोजित साधारणसभाको अर्जुनधारा नगरपालिका–७ नं. वडाका वडाध्यक्ष नविन ढुङ्गाना (नवराम) ले गर्नुभएको थियो ।
समूहकी अध्यक्ष मेनुका भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, अतिथिहरु विरिङ जलाधार संरक्षण तथा व्यवस्थापन समितका अध्यक्ष छविलाल शिवाकोटी, नवज्योति कृषक समूहका अध्यक्ष हस्तबहादुर कार्की, सल्लाहकार सदस्य सूर्यप्रसाद भट्टराई, मदनकुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष भट्टराईले संस्थाको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष दिपा गड्तौला (गुरागाँई) ले १० लाख ८९ हजार ३२२ रुपैयाँ कूल पूँजी रहेको कोषको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कोषाध्यक्ष गुरागाँईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पवित्रा बरालले स्वागत गर्नुभएको थियो ।
नमूना महिला कृषक समूहको साधारणसभा

































































































