Homeसमाचारपर्यटन क्षेत्रका श्रमिकहरुको संस्था यूनिट्राभको अध्यक्षमा सुमन

पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था यूनिट्राभको अध्यक्षमा सुमन

काठमाडौं १५ फागुन। सुमनप्रसाद पराजुलीको अध्यक्षतामा सबै पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ व्यवसाय, साँस्कृतिक, पुरातात्विक कार्गो, कुरियर श्रमिक यूनियन (यूनिट्राभ) को नयाँ नेतृत्व निर्वाचित भएको छ ।
दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मुल नाराका साथ काठमाडौंमा सम्पन्न यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षत्रय हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरुमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फूर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामांङ, हितमान भुजेल चयन भएका छन् । अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिंग शेर्पालाई प्रतिनिधि परिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनियताको सपथ गराउनु भयो ।
अधिवेशनले कोभिडका कारण पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगारीको प्रत्याभूमिसहित श्रमिक निष्काशन कार्य बन्द गर्न, सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावलीमा उल्लेखित व्यवस्था बमोजिम सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षामा सूचिकृत गर्न, सम्पूर्ण श्रमिकको स्थानीय निकायबाट पञ्जिकरण गर्न, पदयात्रामा कार्यरत श्रमिकलाई भैपरी आउने विभेद, कठिनाई, समस्या, सिण्डिकेट, हटाउन तथा इजाजतपत्र नविकरणमा सहजीकरणका साथै लाइसेन्स नविकरण शुल्क मिनाहा गर्न र ट्रेकिङ, ट्राभल्स, एयरलाइन्समा कार्यरत महिला श्रमिकलाई श्रम ऐन नियमावलीमा रात्रिकालिन सुरक्षा यातायातको व्यवस्था गर्न र बिदा लागू गर्न सरोकार पक्षसँग माग गर्दै पाँच सुत्रिय समसामयिक प्रस्ताव पारित गरेको छ । नवनिर्वाचित भएपछि अध्यक्ष सुमनप्रसाद पराजुलीले कानुनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन नयाँ कार्यसमिति लागि पर्ने बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपर्यटन क्षेत्रका श्रमिकहरुको संस्था यूनिट्राभको अध्यक्षमा सुमन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img