Homeसमाचारनेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्षमा पुनः केदार

नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्षमा पुनः केदार

भद्रपुर १४ फागुन । कर्मचारी संगठन झापाको ११ औं जिल्ला अधिवेशनले केदारप्रसाद पोखरेलको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष पोखरेल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन्
समितिको उपाध्यक्षमा हिरण्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सहसचिवमा इन्द्रहरी भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदी सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो ।
यसैगरी सदस्यमा सुरेश गौतम, नगेन्द्र भट्टराई, पूर्णचन्द्र मैनाली, दीपक रेग्मी, राजकुमार न्यौपाने, नरेन्द्र श्रेष्ठ, केदारकुमारी अधिकारी, सुष्मिता मैनाली, जीवनकला राउत, टिना काफ्ले, शारदा घिमिरे, जट्टाशंकर झा, यामकुमार कन्दङवा, रोशन घतानी र लोकबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएको आचार्यले बताउनु भयो ।
अधिवेशनले संगठनको लेखा परीक्षण आयोगको संयोजकमा सुवासकुमार विक र सदस्यमा रामप्रसाद ढकाल, सुधिर खनाल, खिना तिम्सिना र अरुणा भट्टराईलाई सर्वसम्मत चयन गरेको छ भने राष्ट्रिय अधिवेशनका लागि ९ जना केन्द्रीय प्रतिनिधि र १ नं प्रदेश अधिवेशनका लागि १७ प्रदेश प्रतिनिधि पनि चयन गरेको निर्वाचन समितिका सदस्य तुलसीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्षमा पुनः केदार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img