विर्तामोड ९ फागुन । अखिल नेपाल महिला संघ विर्तामोड नगरपालिकाको नगर अध्यक्षमा भावना घिमिरे चयन हुनुभएकाे छ ।
संघको ऐतिहासिक प्रथम नगर सम्मेलनले सोमबार घिमिरेको अध्यक्षमा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र कोषाध्यक्षमा दुर्गा थपलिया चयन भएका छन् ।
७५ सदस्यीय रहने समितिमा ५८ सदस्य निर्वाचित भएका छन् भने बाँकी पछि मनोनित गरिने निर्वाचन समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिनुभयाे ।
नेकपा एमाले प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि पार्टीका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेल, प्रतिनिधिसभा सदस्य विमल विक, अनेमा संघकी केन्द्रीय सदस्य टिका घिमिरे, प्रदेश कमिटी सदस्य कमला थापा मगर, शान्ता रोक्का, पवित्रा महतरा, जिल्ला सदस्य पवित्रा पाठकलगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिमा नेपाल बार एशोसिएसन झापाकी सचिव हेमकला कट्टेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेल र भीमा शिवाकोटी रहेका थिए ।
अनेम संघ विर्तामोडकाे अध्यक्षमा भावना

































































































