Homeसमाचारसैन्य रणनीतिबाहेकको सहयोग स्वीकार्य– शर्मा

सैन्य रणनीतिबाहेकको सहयोग स्वीकार्य– शर्मा

विर्तामोड ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ ।
सि.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सि.के. प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो ।
कांग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसिसिबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसिसिबारे नबुझी विरोधमा उत्रिएर उग्र राष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।
‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एम.सि.सि.को प्रक्रिया अघि बढेको हो’–शर्माले भन्नुभयो–‘प्रक्रिया अघि बढाउँदा भिम रावल र नारायणकाजी श्रेष्ठहरु पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौति दिन चाहन्छु, तपाइहरु सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाइहरु तयार हुनुहुन्छ ?’
‘एमसिसिलाइ अहिले राष्ट्रघातको रुपमा हेरिएको छ तर यो सत्य होइन, अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुन्छ’– शर्माले भन्नुभयो–‘एमसिसिको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई विजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’ आफ्नो जग्गामा घर बनाउँदा समेत छिमेकीको स्वीकृति चाहिने भन्दै उहाँले एमसिसिबाट हुने विकासमा पनि सोही नीति लागु हुने भनाई राख्नुभयो ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता निश्चित फरम्याट अनुसार हुने उल्लेख गर्दै नेता शर्माले एमसिसि पनि सोही फरम्याट अनुसार नै भएको उल्लेख गर्नुभयो । त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्छ भनेर तीब्र विरोध भएको स्मरण गर्दै अहिले उक्त विमानस्थलको प्रयोग गरेर लाखौं मानिसहरु आवतजावत गरिरहेको र यसका कारण कुनै हस्तक्षेप नभएको उहाँको भनाई थियो ।
जनसहभागिताबाट बनेको संविधान र संविधानले अवलम्बन गरेको संवैधानिक संस्कार पालना गर्ने कि नगर्ने ? भन्ने मूल प्रश्न अहिले उठेको बताउँदै उहाँले देशको समृद्धि, विकास र समुन्नतिका लागि सि.के. प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसैन्य रणनीतिबाहेकको सहयोग स्वीकार्य– शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img