Homeसमाचारहनुमान टोल विकासको वार्षिक सभा सम्पन्न

हनुमान टोल विकासको वार्षिक सभा सम्पन्न

भद्रपुर ७ फागुन । भद्रपुर १० स्थित हनुमान टोल विकास संस्थाको दोश्रो साधारण सभाको अवसर पारेर टोलका दुई जना अग्रज व्यक्तिलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा टोलका जेष्ठ नागरिक कौशिला बराल र हिरादेवि सुवेदीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत, संस्थाका सल्लाहकार संयोजक देवीचरण भण्डारी, त्रिवेणी टोल विकासका अध्यक्ष मुक्तिनाथ दाहाल, सिद्धार्थ टोल विकासका हरिकिशोर आचार्य, आदर्श टोल विकासका विष्णुप्रसाद काफ्ले, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका सचिव बावुराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको वार्षिक प्रगति विवरण अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहनुमान टोल विकासको वार्षिक सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img