भद्रपुर ७ फागुन । नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएसन झापाले ७२ आंै प्रजातन्त्र दिवसको सन्दर्भ पारेर एशोसिएसनको १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेकोछ ।
झापाको चन्द्रगढीमा शनिबार सम्पन्न सभाको उद्घाटन संविधान सभा सदस्य रविन कोइरालाले गर्नु भएको थियो । सभामा व्यवसायी सन्नतीहरु मध्येबाट २०७७ सालको एस ई इ परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरु श्रृष ढकाल र आईसा पोखरेललाई नगद सहित सम्मान गरिएको थियो ।
त्यसै गरी यसबर्षको सबै भन्दा बढी लिखत दर्ता वाला १ जना, उत्कृष्ट कार्य समिति सदस्य लगायतका आधा दर्जनलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा उत्कृष्ट लिखत दर्ता व्यवसायी प्रकाश निरौला, उत्कृष्ट कार्य समिति सदस्य मुरारी न्यौपाने ,जेष्ठ सदस्य व्यवसायी मणीराम न्यौपाने, प्रदेश न १ का पूर्व प्रदेश संयोजक पुरुषोत्तम अधिकारीसहितलाई नेपाली ढाकाटोपी र कदर पत्र प्रदान गरिएको कार्यक्रममा यस बर्षको लेखापढी दर्पण समेत विमोचन गरिएको थियो ।
एशोसिएसन अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता तथा सचिव लावण्यकुमार पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोईराला, एशोसिएसनका पूर्व अध्यक्ष रमेश पोखरेल, मालपोत अधिकृत योगेन्द्र दुलाल, भुमी आयोग झापा अध्यक्ष तिलकसिंह पाण्डे, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष निरोज पोखरेलले गर्नु भएको थियो ।
विविध कार्यक्रमसहित एशोसिएसनको बार्षिक साधारणसभा

































































































