Homeखेलफरक पहिचानका साथ पाँचौं संस्करणको झापा गोल्डकपः गीत र मस्कटको तयारी

फरक पहिचानका साथ पाँचौं संस्करणको झापा गोल्डकपः गीत र मस्कटको तयारी

झापा ५ फागुन । हाम्रो गौरव, हाम्रो मान, झापा गोल्ड कप हाम्रो सान’ भन्ने मुल नाराका साथ यही फागुन २१ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने झापा गोल्डकप पाँचौं संस्करण विगतको भन्दा फरक हुने भएको छ ।
पाँचौ संस्करणलाई भब्य बनाउने तयारीमा जुटेको गोल्डकप आयोजक समितिले यो वर्ष जिल्लाको पहिचानलाई झल्काउने गीत र मस्कटको तयारी गरेको छ ।
झापा गोल्ड कप आयोजक टिमले विर्तामोडमा पत्रकार सम्मेलन गर्दै गीत र मस्कटबारे जानकारी गराएको हो ।

No description available.

मैदान स्तरोन्तीको निरन्तरतासंगै गोल्डकपलाई अझ आकर्षक बनाउने उद्देश्यले पाँचौ संस्करणमा झापाको भूगोल र झापालीको फुटबलप्रतिको लगावलाई शब्दमा समेटेर गीत निर्माण गरिएको छ । झापालाई फुटबलको हबका रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरेको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताउनु भयो ।
गीतकार बसन्त थाम्सुहाङले रचना गरेको गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाले स्वर दिएका छन् भने पारस मुकारुङको संगीत रहेको छ ।
मस्कटमा हात्तीको छावाले फुटबल हान्दै गरेको मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा गोल्ड कपका अध्यक्ष बस्नेतले विर्तामोडका सबै व्यवसायी र उद्योगीहरुका साथै आम झापाबासीको गोल्डकपमा सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी निवर्तमान अध्यक्ष महेन्द्र गिरीले झापाको शानका रुपमा रहेको गोल्डकप विगतको भन्दा पृथक र नयाँ ढंगबाट अघि बढेको बताउनु भयो । स्थानीय तहले पनि सहयोग गर्नुपर्नेमा जोड दिंदै गोल्डकप सञ्चालनका लागि व्यवसायिक प्रतिष्ठान, उद्योगबाट प्रतिवद्धता र सहयोग आएको बताउँदै गिरीले गोल्डकपलाई अव दर्शकको आवश्यकता रहेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले डोमालाल रंगशाला र झापा गोल्ड कप नामै काफी भएको धारणा राख्नु भयो । गोल्ड कप आयोजक टिमका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण महासचिव गजेन्द्र पौडेलले गर्नुभएको थियो । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने गिरीले बताउनु भयोे । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । झापा गोल्डकपको फाइनल खेल फागुन ३० गते हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलफरक पहिचानका साथ पाँचौं संस्करणको झापा गोल्डकपः गीत र मस्कटको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img