HomeFeatured 2झापाका ८१ विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

झापाका ८१ विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

झापा ४ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत झापाका ८१ वटा सामुदायिक विद्यालयले शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका छन् । शैक्षिक सुधार कार्यक्रम अन्तरगत झापाका ८१ विद्यालयलाई कुल १४ करोड ३३ लाख ३५ हजारका बजेट प्राप्त भएको हो ।
झापा २३ वटा विद्यालयमा भवन निर्माणका लागि प्रतिभवन ३६ लाख, २० वटा विद्यालयलाई २ कोठे भवनका लागि प्रतिभवन १८ लाख प्राप्त गर्ने भएका छन् । त्यस्तै ३३ वटा विद्यालयलाई कम्प्युटर प्रयोगशालाका लागि प्रति विद्यालय ६ लाख ५० हजार र ५ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला निर्माणका लागि १० लाख बजेट प्राप्त गरेका छन् ।
यी मध्ये विर्तामोड नगरपालिकाका ५ वटा विद्यालयले अनुदान प्राप्त तीनवटा वडा नं. २ का परेका छन् । विर्तामोड २ का साङ्गवेद संस्कृत मावि, मोहनमाया मावि र बीरअमर सिंह मावि रहेका छन् । त्यसै गरी विर्तामोड नगरपालिका ६ मा अवस्थित सरस्वती मावि र लक्ष्मी आधारभूत विद्यालय विरानले उक्त सहयोग प्राप्त गर्न सफल भएका हुन् । विर्तामोडका ३ वटा विद्यालयले भवन निर्माणका लागि बजेट प्राप्त गरेका हुन् भने २ वटा आइसिटी कक्षा सञ्चालनार्थ सहयोग प्राप्त गरेका हुन् ।
सोमबार शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयानुसार मेचीनगरपालिकाका ७ वटा, झापा गाउँपालिकाका ४ वटा, झापा गाउँपालिकाका र गौरीगञ्ज गाउँपालिकाका ४/४ वटा विद्यालयले ४ कोठे, २ कोठे भवन निर्माण तथा विज्ञान कक्षा सञ्चानार्थ बजेट प्राप्त गरेका हुन् । १५ वटा स्थानीय तह रहेको झापाका विभिन्न गाउँपालिकामा सञ्चालित ८१ वटा विद्यालयले सहयोग प्राप्त गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत देशभरका चार हजार १ सय ५७ सार्वजनिकविद्यालय छनोटमा परेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका ८१ विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img