Homeसमाचारसाढे ३३ किलो सुन तस्करी तथा सनम हत्या अभियोगमा १ पक्राउ

साढे ३३ किलो सुन तस्करी तथा सनम हत्या अभियोगमा १ पक्राउ

विराटनगर ४ फागुन । मोरङ उर्लाबारीका साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्याको अभियोगमा थप एक जना पक्राउ परेका छन् । काठमाडौँको गौशालाबाट उर्लाबारी नगरपालिका–३ का ३९ वर्षीय सन्दिप खड्का पक्राउ परेका हुन् । पक्राउ परेका खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ । गौशालाबाट पक्राउ परेका खड्कालाई विराटनगर ल्याइएको मोरङका प्रहरी प्रमुख जनार्दन जिसिले जानकारी दिनुभयो ।
बुधबार अदालतमा पेस गरिएका खड्कासँग अदालतले बिहीबार बयान लिने बताइएको छ । जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । अदालतले उक्त काण्डका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिएको थियो । दोषी ठहर भएका ८ जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा लुकाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको थियो । त्यसको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाढे ३३ किलो सुन तस्करी तथा सनम हत्या अभियोगमा १ पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img