Homeसमाचारबिर्तामोड नगरपालिकाको आठौं सभाबाट ३ विधेयक पारित

बिर्तामोड नगरपालिकाको आठौं सभाबाट ३ विधेयक पारित

बिर्तामोड ३ फागुन । बिर्तामोड नगरपालिकाले आठौँ नगरसभाबाट तिनवटा विधेयक पारित गरेको छ । मंगलबार आयोजित आठौँ नगरसभामा पेश गरिएका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७८, कृषि पशुपंक्षी तथा मत्स्य विकास विधेयक २०७८ र बिर्तामोड नगर प्रहरी गठन तथा संचालन विधेयक २०७८ सर्वसहमतिले पारित गरेको हो । विधेयक नगरको विधायन समिति संयोजक गिता घिमिरेले प्रस्तुत गर्नु भएका थियो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा आयोजित नगरसभामा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले चालु आर्थिक वर्ष २०७८/०७९को अर्धवार्षिक प्रगति विवरण पेश गर्नु भएको थियो ।
नगर उपप्रमुख प्रसाईले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदनमा वार्षिक जम्मा चालु खर्च ६४ करोड ३५ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा हालसम्म २० करोड ६२ लाख ११ हजार ८ सय रुपैयाँ खर्च भएको र पूँजीगत खर्च ६२ करोड ६५ लाख ८ हजार ५ सय रुपैयाँ खर्च गर्ने प्रस्ताव गरिएकोमा १४ करोड ५ लाख १५ हजार २ सय रुपैयाँ खर्च भएको जनाइएको छ । यस अवधिमा उपभोक्ता समिति मार्फत २०८, ठेक्का प्रक्रियाबाट १९, अमानतबाट ९० र संघ संस्थाबाट २० गरी जम्मा ३३७ वटा योजना सम्झौता भएको जनाइएको छ । सम्झौता भएका योजनाहरुमध्ये १८६ वटा सम्पन्न भएको र १५१ वटा कार्यान्वयनको चरणमा रहेको पनि जनाइएको छ ।
सभाका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्कीले बिर्तामोड नगरपालिकामा यो पाँच वर्षको अवधिमा चौतर्फी विकास भएको बताउनु भयो । सडक, पुल, कल्र्भट, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका सबै क्षेत्रमा उल्लेखनिय विकास भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएको अवस्थामा यसको मुल्याङ्कन जनताले गर्ने पनि धारणा राख्नु भयो ।
यस्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा धेरै रचनात्मक कार्यहरु गरिएको बताउनु भयो । कर्मचारीका कारणले पनि जनप्रतिनिधिलाई काम गर्न सहज भएका शिवाकोटीको भनाई थियो । यस अवधीमा बाख्रा, बंगुर साँटासाट, सचेतना शिक्षा, सडक, पुल निर्माण लगायतका क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको बताउनुभयो । विकासका कामहरुमा बिर्तामोड अग्रपंक्तिमा रहेको दावी गर्दै उहाँले यस ५ वर्षको अवधीमा ५०६ वटा विपन्न आवास निर्माण गरेर परिवारलाई हस्तान्तरण गरेको बताउनु भयो । नगरको लक्ष्य ७०६ वटा रहेको र लक्ष्य प्राप्तीको लागि नगर अघि बढेको पनि जानकारी दिनु भयो ।
कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले यस अवधिमा भए गरेका गतिविधिहरुको बारेमा धारणा राख्नु भएको थियो । नगरसभामामा नगरपालिकाका विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखाबाट चालु आर्थिक वर्षमा भए गरेका विकासको प्रगति विवरण प्रस्तुत गरेका थिए । सभामा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड नगरपालिकाको आठौं सभाबाट ३ विधेयक पारित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img