Homeसमाचारकांग्रेसको प्रदेश निर्वाचन क्षेत्रीय समिति चयन

कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रीय समिति चयन

झापा । नेपाली कांग्रेस झापाले झापाका पाँचवटा संसदीय निर्वाचन क्षेत्र र १० वटा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गरेको छ ।
भदौ २० गतेसम्म ७७ वटै जिल्लाका संसदीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति समायोजन सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप गत १५ गते संसदीय निर्वाचन क्षेत्रका सभापति चयन गरिसकेको नेपाली कांग्रेस झापाले विहीबार १० वटै निर्वाचन क्षेत्रका सभापति चयन गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको गत साउन २६ गते सम्पन्न बैठकले ‘नेपाली कांग्रेसको विधान, २०१७ (संसोधन सहित)को धारा ७२ (४) बमोजिम पार्टीका स्थानीय तह संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएको भन्दै विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम निर्देशिका २०७६ पारित गरी लागु’ गरेपछि सबै संसदीय तथा प्रदेश क्षेत्रीय समिति समायोजन गरिएको हो ।
जस अन्तर्गत झापा क्षेत्र नं–१ को प्रदेश क को सभापतिमा हर्क फियाक र ख मा सिता पोखरेल चयन हुनुभएको छ । यसैगरी झापा क्षेत्र नं–२ को क को सभापतिमा धर्म लक्सम्बा र ख को सभापतिमा किरण श्रेष्ठ चयन हुनुभएको छ ।
क्षेत्र नं–३ को प्रदेश क को सभापतिमा चिन्तामणि खरेल र ख को सभापतिमा नविन विमली चयन हुनुभएको भने निर्वाचन क्षेत्र नं–४ क को सभापतिमा कमल भण्डारी र ख को सभापतिमा भीम राजवंशी चयन हुनुभएको छ । त्यस्तै क्षेत्र नं ५ को क मा रोहितकुमार शाह र ख को सभापतिमा पदम लिम्बू चयन हुनुभएको छ ।
कांग्रेस केन्द्रीय समितिले जारी गरेको स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशिका २०७६ बमोजिम सबै प्रदेश समितिका सभापति सहमतिमै चयन भएका हुन् । सोही निर्देशिका बमोजिम झापा क्षेत्र नं–२ ख मा धर्म लक्सम्बा, ३ को ख मा नविन विमली, ४ को क मा भीम राजवंशी र ५ को क मा रोहितकुमार शाह स्वतः सभापतिमा चयन हुनुभएको हो भने हर्क फियाक, सिता पोखरेल, किरण श्रेष्ठ, चिन्तामणि खरेल, कमल भण्डारी र पदम लिम्बूलाई पदीय बरिष्ठताका आधारमा चयन गरिएको हो ।
प्रत्येक संसदीय निर्वाचन क्षेत्रको संयोजनमा सम्पन्न कार्यकर्ताहरुको भेलाले प्रदेश निर्वाचन क्षेत्रस्तरीय सभापति चयन गरेको हो । समितिका अन्य पदाधिकारी र सदस्यमा यसअघि कायम क्षेत्रीय पदाधिकारी तथा सदस्यहरु नै रहने ब्यवस्था निर्देशिकाले गरेको छ ।
यसैबीच नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न झापा क्षेत्र नं–२ को भेलाले प्रदेशस्तरीय क्षेत्रीय समिति गठनपश्चात संक्षिप्त सभा समेत सम्पन्न गरेको छ ।
सभामा प्रदेशस्तरीय सभापतिद्वय धर्म लक्सम्बा र किरण श्रेष्ठले प्रतिबद्धता मन्तब्य राख्दै पार्टीको विधान, निर्देशन अनुसार संगठनलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका छन् ।
२ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद सुधिरकुमार शिवाकोटीले संघीय संरचनाको अन्तरिम ब्यवस्थापनका लागि पार्टीले निर्विरोध नेतृत्व चयनको वातावरण सिर्जना गर्नु राम्रो पक्ष रहेको बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कांग्रेस पार्टीलाई संघीय संरचनाअनुरुप विस्तार गरिएसँगै १४ औं महाधिवेशनको बाटो खुलेको बताउँदै सहमति र सहकार्यले पार्टी संगठन सुदृढिकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
अग्रज नेता तथा पूर्व सांसद डिल्ली सिटौलाले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा नेतृत्व चयनमा डेकोक्रेटिक लयर्स एसोसिएसनका सचिव लक्ष्मी शिवाकोटी र नारायण पौडेलले भूमिका निर्वाह गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको प्रदेश निर्वाचन क्षेत्रीय समिति चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img