Homeसमाचारपृथ्वी जयन्तीमा उत्कृष्ठ बुहारीलाई सम्मान

पृथ्वी जयन्तीमा उत्कृष्ठ बुहारीलाई सम्मान

शनिश्चरे २७ पुस । ३०० औं पृथ्वी जयन्तीको अवसर पारेर झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ठ बुहारीलाई सम्मान गरिएको छ ।
ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराको आयोजनामा भएको कार्यक्रममा नगरभित्रका प्रत्येक वडाबाट १÷१ जना उत्कृष्ठ बुहारी छनौट गरी ११ जना बुहारीलाई नगदसहित सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
समाजका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मीना श्रेष्ठ, विमला तिम्सिना, भिमकला खतिवडा, रमादेवी खतिवडा, गीता कार्की, पार्वता खतिवडा, उमादेवी भट्ट, मनमाया अछामी मगर, विन्दा घिमिरे, गोमा भट्टराई र यमूना चिमरियालाई नगद, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाका सचिव नरेन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राना, पूर्व बनमन्त्री बीरमणी ढकाल, सम्मानितका तर्फबाट मिना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
नरेन्द्र तिम्सिना र कृष्ण पौडलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीप्रसाद इङनामले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपृथ्वी जयन्तीमा उत्कृष्ठ बुहारीलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img