भद्रपुर २४ पुस । झापाको सदरमुकाम चन्द्रगढीमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न क्षेत्रहरुमा सेवा केन्द्र मार्फत संचालित समृद्धि सनसाईन बचत तथा ऋण सहकारी संस्था ली चन्द्रगढीले एक पत्रकारसहित सहकारी कर्मचारीलाई सम्मान गरेको छ ।
शनिबार चन्द्रगढीमा आयोजित संस्थाको एकीकृत आठौ बार्षिक साधारणसभामा सनसाईन पत्रकारिता पुरस्कार २०७८ बाट जनआन्दोलन साप्ताहिकका भद्रपुरका समाचारदाता रेवतीराज घिमिरेलाइ नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
घिमिरेले सदरमुकाम चन्द्रगढीमा रहेर विगत १० बर्ष देखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । सहकारी घिमिरेको पेशाप्रतिको निरन्तरता, सक्रियताको सम्मान गर्दै पुरस्कृत गरेको हो ।
कार्याक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सांसद ओमप्रकास सरावगी, सहकारीका अध्यक्ष योगेन्द्र पौडेल प्रमुख व्यवस्थापक राजेन्द्रप्रसाद रिजाल लगायतले नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्याक्रममा सहकारीका उत्कृष्ठ कर्मचारी हरु क्रमशः भीमबहादुर बस्नेत, इन्द्रकला विष्ट ,होम बहादुर कार्की लगायतका उत्कृष्ट कर्मचारी तथा पुर्व संचालक समिति पदाधिकारी लगायतका दर्जन माथिका पदाधिकारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
सोही सभाले सहकारीका ५ वटै सेवा केन्दमार्फत आएका सुझावका आधारमा प्रकाश कार्र्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ ।
आगामी ४ बर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सन्तोष धमला, सचिवमा दयालाल राजबंशी, सह सचिवमा उत्तमकुमार श्रेष्ठ र कोषाध्यक्षमा डमर गौतमलाई सर्व सम्मत चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा क्रमशः शर्मिला अधिकारी, जसोदा वन, श्याम खतिवडा, र अरुण कुमार भगतलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
सोहि भेलाले ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति समेत गठन गर्र्दै निर्वाचित पदाधिकारीहरुलाई आजै प्रमाण पत्र वितरण गरिएको समिति संयोजक डिल्ली ढकालले बताउनु भयो । पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरावगी ,प्रमुख व्यावस्थापक राजेन्द्रप्रसाद रिजाल, लगायतले मन्तव्य राख्नु भयको थियो ।
जुनेश राउतले संचालन गरेको कार्याक्रमको स्वागत उत्तमकुार श्रेष्ठले गर्नु भयको थियो । विगत ११ महिना अगाडी भद्रपुर ५ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था र भद्रपुर १० चन्द्रगढीमा रहेको सनसाईन बचत तथा ऋण सहकारी संस्थाको एकिकरणभय पश्चात को पहिलो साधारसभाले नयां कार्य समितिको चयान गरेको हो । कुल शेयर सदस्य संख्या ४ हजार ३ सय १० रहेको सहकारीको कुल चुत्ता शेयर पुंजी २ करोड ३२ लाख १९ हजार ७ सय रहेको छ भने सहकारकिा हल्दीवारी विर्तामोड चाराली लगायतका ५ वटा स्थानहरुमा सेवा केन्द्र मार्फत सहकारी संचालित भयको छ ।
समृद्धि सनसाइनद्वारा पत्रकार घिमिरेलाई सम्मान

































































































