Homeसमाचारगाैरबशालीकाे १२ बार्षिक साधारणसभा सम्पन्न

गाैरबशालीकाे १२ बार्षिक साधारणसभा सम्पन्न

विर्तामोड २४ पुस । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले १२ बार्षिक साधारणसभा तथा स्मारिका बिमोचन कार्यक्रम आज सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा पूर्व सांसद डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्मारितका विमोचन, सामाजिक क्षेत्रसहित संस्थामा विभिन्न क्षेत्रमा उत्कृष्टलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कोभिड संक्रमणबाट बच्नका लागि एकका लागि एक अभियानमार्फत समाजमा पुर्याएको योगदानको सम्मान गर्दै एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत, कपिलमुनी शिवाकोटी र विश्वास राईलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारीतर्फ समिला राजवंशीलाई पुरस्कृत गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकतर्फ धनसरी चौधरी र प्रभुलाल राजवंशीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाका असल ऋणी गिर्वान बस्नेत, रिनाकुमारी राजवंशी, प्रेमचन्द्र अग्रवाल, सुदर्शनकुमार देव र रोशन चौहानलाई सम्मान गरिएको कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णबहादुर राई, टिकालाल राजवंशी, राजेस चौधरी, असल बालबचतकर्ता लगायतलाई सम्मान गरिएको थियो ।
२०६६ सालमा ८ लाख ६९ हजार ६ सय शेयरपूँजी संकलन गरी ३९ जनाको पहलमा स्थापना भएको संस्थामा हाल १ हजार ६ सय १७ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष चौधरीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले गत आर्थिक वर्षमा ११ लाख १७ हजार २ सय २० रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाले शेयर सदस्यलाई २५ प्रतिशत बोनस प्रदान गर्ने प्रतिवेदनमा जनाइएको छ ।
मिरा खड्काले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सिटौला, अतिथिहरु पार्वता खरेल विमली, बिनोद बस्नेत, कपिलमुनी शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत युवराज विमलीले गर्नुभएको थियो भने लेखा प्रतिवेदन लेखा समिति संयोजक नथुनीप्रसाद साहले प्रस्तुत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाैरबशालीकाे १२ बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img