Homeसमाचारएमालेको जिल्ला अधिवेशन शुरु, शहिद परिवारलाई सम्मान

एमालेको जिल्ला अधिवेशन शुरु, शहिद परिवारलाई सम्मान

विर्तामोड २३ पुस । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को १० औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । देशभरका ७७ वटै जिल्लामा अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैपटक गरेका छन् ।
देशभर एकैपटक उद्घाटन भएको अधिवेशन अन्तरगत झापाको विर्तामोडस्थित हिमाल सागर रिर्सोटमा आयोजना गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे उपस्थिति रहेको छ । अधिवेशनको पहिलो दिन आज सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै १० जना शहिद परिवारलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज अग्नी खरेल, सह इन्चार्जहरु रविन कोइराला, मिना पोखरेल उप्रेती र हिक्मत कार्कीको समेत उपस्थिति रहेको अधिवेशनमा जिल्लाभरबाट करिब एक हजार प्रतिनिधिको उपस्थिति रहेको छ ।
पार्टीकी उपसचिव चन्द्रा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदन अधिकारीले गरेका छन् । कार्यक्रम हलभित्र र बाहिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले सजाइएको छ ।
पार्टीको आगामी नेतृत्वका लागि शनिवार निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमालेको जिल्ला अधिवेशन शुरु, शहिद परिवारलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img