Homeसमाचारस्कोडाको कार अब बिर्तामोडको हलेंसी अटोमोवाइलमा

स्कोडाको कार अब बिर्तामोडको हलेंसी अटोमोवाइलमा

विर्तामोड ७ पुस । नेपालमा आकर्षित मानिएको युरोपियन ब्राण्ड स्कोडाको विर्तामोडबाट विक्री शुरु भएको छ ।
हलेंसी ट्रेड लिंक, हलेंसी अटोमोवाइल्स लगायत विभिन्न व्यवसायलाई हलेंसी ग्रुपमा जोड्न सफल हलेंसी अटोमावाइलले झापाको विर्तामोडमा स्कोडाको उत्पादन कार विक्री प्रारम्भ गरेको हो ।
नेपालमा सन् २००८ मा भित्रिएको स्कोडाको १३ वर्षपछि विर्तामोडमा विक्री शुरु गरिएको हो । हलेंसी अटोमावाइलले शुरु गरेको विक्री केन्द्रको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।
रुद्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको स्कोडाको उत्पादन कार विक्री सो रुमको विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महातारा प्रसाईले गर्नुभएको थियो । स्कोटाको विर्तामोड डिलर ९ औं भएको जनाइएको छ ।
सो अवसरमा एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले स्टेट आफ द आर्ट स्कोडा सोरुम पाउनु खुशीको कुरा रहेको बताउँनु भयो । युरोपियन मापदण्डमा बनेको स्कोडाको नेपाली बजारमा पकड बलियो बनाउन एमएडब्लु स्कोडाले डिलर सञ्जाललाई विस्तार गर्दै आएको जानकारी दिनुभयो ।
हलेंसी अटोमोवाइलका सञ्चालक चुडामणी पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि महतारा, अग्रवाल, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायतले शुभेच्छा व्यक्त गरेका थिए ।
सो अवसरमा स्कोडाको कार खरिदकर्ता युवराज न्यौपाने र अम्बिका पोखरेललाई हलेंसी अटोमोबाइलका म्यानेजर गणेश गौतमले गाडीको चावी हस्तान्तरण गर्नुभएको थियो ।
स्कोडाका गाडी न्यूनतम ३६ लाख ९० हजारदेखि अधिकतम १ करोड ७० लाखसम्मका रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्कोडाको कार अब बिर्तामोडको हलेंसी अटोमोवाइलमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img