Homeसमाचारएक्टिभको शंख प्रतियोगिता

एक्टिभको शंख प्रतियोगिता

विर्तामोड । नेपालको मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले स्थापना भएको एक्टिभ नाइनले प्रतियोगितात्मक शंखध्वनी आयोजना गर्ने भएको छ ।
भदौं १५ लाई शंख दिवसका रुपमा मनाउनुपर्ने मागसहित आयोजना गर्न लागेको प्रतियोगितामा यो समाचार तयार पार्दासम्म ६० जना बढीले प्रतियोगितामा सहभागीता भाग लिनका लागि सम्पर्क गरेको संस्थाका सदस्य मिलन ढकालले जानकारी दिए ।
उनका अनुसार भारतको दार्जिलिङ तथा पश्चिम नेपालको पोखराबाट समेत प्रतियोगितामा सहभागि हुने भएका छन् ।
भदौ १५ गते आइतवारका दिन अर्जुनधारा नगरपालिका.–६ स्थित सानो संसार हाउजिङमा आयोजना गर्न लागिएको प्रतियोगिता कार्यक्रमका समाज रुपान्तरण मौलिकताको संरक्षण गर्नुपर्छ भन्ने जनचेतनाका प्रतियोगिता गर्न लागेको संस्थाका अध्यक्ष गोविन्द निरौलाले बताए ।
यसअघि नौमति बाजाको संरक्षण गर्ने यूवा समूह ‘एक्टिभ नाइन’को यो दोस्रो अभियानको रुपमा सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा अत्यावश्यक ‘शंख’ संरक्षण र सम्बद्र्धनार्थ नेपाल मै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको संस्थाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार एकसय रुपैयाँ, द्वितिय हुनेलाई तीन हजार एकसय रुपैयाँ, तृतीय हुनेलाई दुई हजार एक सय रुपैयाँ, र दुई जनालाई सान्त्वना स्वरुप जनही पाँच सय रुपैयाँ तथा सम्पूर्ण सहभागी समेतलाई प्रमाण–पत्र प्रदान गरिने संस्थाका सदस्य ढकालले दिए ।
झापाबाट शुरु भएको हाम्रो यो अभियान नेपाल राष्ट्रकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन् ।
प्रतियोगिताका लागि झापाका गुरुकुलहरुलाई सस्ंथाका तर्फबाट प्रतियोगितामा सहभागि आग्रह गरिएको बताइएको छ ।
शंखको महत्व
शंख एक समुन्द्री किरा हो । यो दाया शंख र बाया शंख गरि बर्गिकरण गरिएको छ भने यसको एक भागबाट फुकेर निकालिने ध्वनिको हिन्दु संस्कारमा बिशेष महत्व छ । परिस्थिति र अवस्था अनुसार निकालिने ध्वनिको विशेषता पनि परिस्थिति अनुसार फरक फरक छ । शंख फुक्नु स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ ।
शंखका बजाउँदा हुने फाइदा
शंखले यस्तो रोग पनि हटाउँछ
शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ । जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छन । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, मुटु र इन्फ्लूएन्जा नामक रोगहरू दुर हुन्छ । यसले मृगौला र यौनअंगमा पनि अनुकुल प्रभाव पार्दछ ।
मनमा शान्ति
शंख बजाउँदा निस्कने ध्वनीले भ्रामरी प्राणायामले जस्तै गरी मस्तिष्कमा एक प्रकारले थर्कावट (भाईब्रेसन) पैदा गर्छ जसका कारण मस्तिष्कमा आराम हुने र शान्ति पैदा हुन्छ । यसै कारण धेरै प्रकारका तनाव हट्छन् र मानसिक रोग हुन दिंदैन साथै स्मरण शक्ति ह्रास हुन नदिन पनि सहयोग गर्छ ।
शंखले मानसिक विकासमा सहयोग
शास्त्रमा भन्या छ कि शंखबाट निस्कने ॐ.. को धुनले मानसिक रोग सन्चो बनाउँदछ । शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरीरमा उर्जा थप्दछ । यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।
बच्चाको बोली राम्रो, तिखो र स्पष्ट पार्न शंखको प्रयोग हुन्छ
आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस भन्ने चाहानेले गर्भ अवस्थाको बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ । भक्भकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिउन दिंदा निक्कै नै फाइदा जनक हुन्छ ।
सन्तान प्राप्तिमा सहायक
जुन दम्पति सन्तान चाहन्छन् र कुनै कारण उनीहरू सन्तान सुखबाट टाढा छन् भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ । अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ ।
झुकिएर पनि शंख बजाउनु नहुने समय
शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन् त्यसले आर्थिक नोक्सान हुन सक्छ । अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न, यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ ।
शंख बजाउनुका सात फाइदा–
मुटु रोगदेखि बोल्दा भकभकाउने समस्याको अन्त्य हुने बैज्ञानिक विश्वास गरिएको पाइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएक्टिभको शंख प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img