विर्तामोड २१ मंसीर । चिया मजदुरको न्यूनतम ज्याला प्रावधान र कार्यान्वयन अवस्था विषयक बहु सरोकारवालाहरु बीच अन्तरसंवाद सम्पन्न भएको छ ।
मानव अधिकार एलाइन्स झापाका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा प्रदेश–१ सांसद जशमाया गजमेरको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा मजदुरहरुले चिया क्षेत्रमा मजदुरका समस्या धेरै भएको अवगत गराउँदै समस्याको सम्बोधन नभएको गुनासो गरेका छन् । ज्याला कार्यान्वयनका सम्बन्धमा भने आधारभूत ज्याला पाउँदै आएको नारायण दर्जीले बताउनु भयो । त्यस्तै सावित्रादेवी बन्जराले भाषण र छलफलमात्र गरेर नहुने बताउँदै सम्झौता अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मजदुरको ज्याला कार्यान्वयन सम्बन्धमा नेपाल चिया तथा कफी विकास बोर्डको भूमिका बारेसमेत प्रश्न गरेका थिए ।
चियाको व्यापार प्रवद्र्धनमा समेत जोड दिइएको कार्यक्रममा मजदुरको ज्याला कार्यान्वयन सम्बन्धमा स्थानीय सकार बढी जवाफदेही हुनुपर्ने औल्याएका छन् ।
कार्यक्रममा चिया मजदुरको समस्या समाधानका लागि उद्योगी, साना चिया किसान र मजदुर तीनै पक्षको उपस्थिति आवश्यकता रहेको निष्कर्ष निकालिएको बताइएको छ।
मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले संस्थाको गतिविधिसंगै अन्तरसंवादको औचित्यबारे प्रकाश पारेको कार्यक्रममा न्यूनतम ज्याला लागु हुन सक्यो या सकेन भन्ने विषयमा संस्थाका सदस्य प्रेमा भट्टराईद्वारा कार्यपत्रमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एलाइन्सका सचिव देवेन्द्र विश्वकर्माले संस्थाले विगत लामो समयदेखि चिया मजदुरका समस्यामा सरकार र मजदुर बिच सहजीकरण गर्दै आएकोबारे जानकारी दिनुभयो ।
कार्यक्रममा गैह्र सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरिप्रसाद गौतम लगायतले धारणा राखेका थिए ।
चिया मजदुरको न्यूनतम ज्याला प्रावधान र कार्यान्वयन अवस्थाबारे छलफल
