Homeमहिलाबच्चैदेखि राजनीतिमा होमिएकी जुझारु नेतृ उमा : केन्द्रीय सदस्यको उम्मेद्वार

बच्चैदेखि राजनीतिमा होमिएकी जुझारु नेतृ उमा : केन्द्रीय सदस्यको उम्मेद्वार

विद्यार्थी आन्दोलनको एउटा परिचित र देशभर चिनिएको नाम हो–उमा शिवाकोटी । पारिवारिक पृष्ठभूमि नै प्रजातान्त्रिक भएका कारण विद्यार्थी छँदै उनी प्रजातान्त्रिक आन्दोलनमा होमिइन् । बहुदलीय ब्यवस्था नआउँदै प्रतिबन्धित अवस्थामा पार्टी रहेकै बेला उनका बुवा कपिलमनी शिवाकोटी र ठुलोबुवा सुधिरकुमार शिवाकोटी (संविधानसभा सदस्य) प्रजातान्त्रिक आन्दोलनको विगूल फुक्दै हिड्थे । सानैदेखि उनी त्यो पारिवारिक राजनीतिक माहौल नियाल्थिन् । परिवारिक प्रभावबाट प्रेरित उनी सानैदेखि आफ्ना साथीहरुलाई संगठित गर्थिन्, राजनीतिक परिवर्तन र सामाजिक विकृति विसंगतीविरुद्ध आफ्ना धारणाहरु राख्थिन् र साथीहरुको ध्यान आफूतर्फ केन्द्रित गर्थिन् । त्यही क्रममा महेन्द्र रत्न मा.वि. अनारमनीमा पढ्दा–पढ्दै उनी नेपाली कांग्रेसको भातृ संगठन ने.वि.संघ (नेपाल विद्यार्थी संघ) को कोषाध्यक्ष बनिन् २०४६ सालमा ।
निर्दलीय ब्यवस्थाका विरुद्ध बहुदलीय आन्दोलनले जेहाद छेड्दै गर्दा उनी चारतारे झण्डा बोकेर अग्र भागमा उभिन्थिन् बच्चैदेखि ।

May be an image of 5 people, people standing and outdoors


अध्ययन सँगसँगै राजनीतिलाई अगाडि बढाएकी शिवाकोटी २०५२ सालमा नेविसंघ कन्काई क्याम्पस बिर्तामोड इकाइ समितिको उपाध्यक्ष, २०५३ सालमा सोही क्याम्पसमा स्वबियु सचिब, २०५५–०५६ सालमा स्ववियु विर्तामोड इकाइ समितिको कोषाध्यक्ष बनिन् । २०६० सालमा प्रजातान्त्रिक आन्दोलनमा हिड्ने क्रममा काठमाडौंमा प्रहरीबाट निर्घात पिटिइन् उनी । प्रहरीको पिटाइबाट हात भाँचिएकी उनी लगभग डेढ महिनासम्म अस्पतालमा बस्नुपरेको थियो ।
आफू नेतृत्वमा रहँदा निरन्तर विद्यार्थीहरुको हक अधिकार प्राप्तिका लागि अग्रमोर्चामा उभिएर स्पष्ट विचार दिन सफल उनी नेविसंघको पटक–पटक केन्द्रीय सदस्य बनिन् र सांगठनिक गतिविधिमा सक्रिय बनिन् । २०६४ सालमा नेविसंघ सहमहामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी उनी पार्टीका हरेक गतिविधिमा उत्तिकै सक्रिय र पदमा रहँदा तथा नरहँदा पनि निरन्तर क्रियाशील छन् । महिलाहरुको हक अधिकार प्राप्ति र आर्थिक रुपान्तरणमा पनि सहजीकरण गर्ने उनी विर्तामोड नगरपालिका–४ की स्थायी बासिन्दा हुन् ।
शहीद राजन गिरी शालिक निर्माण समितिको संयोजक भएर शहीद राजन गिरीको शालिक निर्माण सम्पन्न गर्न सफल भइन् उनी । २०६२–०६३ सालमा भएको दोस्रो जनआन्दोलनका क्रममा २०६३ साल बैशाख ६ गते झापाको चन्द्रगढीमा भएको बृहद् प्रदर्शनमा प्रहरीको गोली लागेर राजन गिरी र सुरज विश्वासले शहादत प्राप्त गरेका थिए ।
शिवाकोटी नेतृत्वको निर्माण समितिले झापाको अर्जुनधारा नगरपालिका–५ मा शहीद राजन गिरीको शालिक २०६४ सालमा शिलान्यास गरी २०७० सालमा निर्माण सम्पन्न गरेको छ । पार्टीले दिएको कुनै पनि जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कार्यक्षमता र कार्यकुशलता भएकी नेतृ शिवाकोटी सामाजिक एवं महिला सशक्तिकरणमा पनि उत्तिकै सक्रिय छन् । विभिन्न सामाजिक संघ–संस्था, सहकारीमा पनि उनी आबद्ध छन् ।
आफूभन्दा अग्रज नेताहरु तथा समकालीन साथीभाई र विद्यार्थीमाझ पनि लोकप्रिय छवी बनाएकी शिवाकोटी २०६२–०६३ को जनआन्दोलनका क्रममा पटक–पटक जेलमा समेत परेकी थिइन् ।


नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाको सचिव समेत रहेकी शिवाकोटी पार्टीको १२ औं महाधिवेशनमा महासमिति सदस्य, १३ र १४ औं महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधि छन् ।
पार्टीको १४ औं महाधिवेशनमा आइपुग्दा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेकी शिवाकोटीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुको सहयोगले आफ्नो राजनैतिक जीवनलाई मार्ग निर्देशित गर्ने बताउँदै मत दिएर नेतृत्वको अवसर दिन अपिल गरेकी छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनमा सहभागी हुन झापाका महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान गर्न थालिसकेका छन् । विगतमा सून्यजस्तै रहेको महिला सहभागिता यसपटक नेपाली कांग्रेसमा केही मात्रामा भएपनि बढेको छ । सबैका लागि लक्षित खुल्ला कोटाबाहेक केन्द्रीय महाधिवेशनबाट ४१ जना महिलाको कोटा निर्धारण गरिएको छ ।
पदाधिकारी र समावेशी कोटासहित १३४ जना प्रत्यक्ष निर्वाचित हुने कांग्रेस केन्द्रीय समितिमा २० प्रतिशत मनोनयन गर्ने विधानतः ब्यवस्था छ । मनोनयनमा पनि समावेशी सहभागितालाई ध्यान दिनुपर्ने ब्यवस्था विधानले गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाबच्चैदेखि राजनीतिमा होमिएकी जुझारु नेतृ उमा : केन्द्रीय सदस्यको उम्मेद्वार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img