Homeसमाचारप्रदेश समितिमा झापाबाट १४ जना निर्वाचित

प्रदेश समितिमा झापाबाट १४ जना निर्वाचित

बिर्तामोड २१ मंसीर । नेपाली कांग्रेसको प्रदेश नम्बर १ मा निर्वाचित ८८ सदस्यीय समितिमध्ये झापाबाट सभापतिसहित १४ जना निर्वाचित भएका छन् । मंसीर १८ गते प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न मतदानबाट प्रदेश सभापतिमा झापा अर्जुनधारा निवासी उद्वव थापासहित १४ जना निर्वाचित भएका हुन् ।
प्रदेस निर्वाचनबाट सभापतिमा निर्वाचित उद्द्व थापा र सदस्यहरु किरण भट्टराई ,रेगिना भट्टराई प्रसाईं ,मिरा कर्की खड्का ,फुलवती राजवसी, राजकुमार बराइली, हुकुमसिह राई ,भुमीरज राई ,बिमल आचार्य ,रन्जिता कार्की ,उत्तमबहादुर चौम्लागार्इ ,चन्दकुमारी खडका ,प्रकाश कार्की ,सोभा श्रेष्ठ नेम्बाङ निर्वाचित सहित १४ जना निर्वाचित भएका हुन् ।
प्रदेशको निर्वाचन सम्पन्न भइ मतपरिणाम आएसंगै नेताहरुको ध्यान केन्द्रीय महाधिवेशनतर्फ सोझिएको छ । झापाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले यसअघि नै उम्मेद्वारी सार्वजनिक गर्नुभएको छ भने केन्द्रीय सदस्यमा धेरैले आकांक्षा व्यक्त गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार केन्द्रीय सदस्यहरुमा सुधिरकुमार शिवाकोटी, महेन्द्र सुब्बा, उमा शिवाकोटी, शुशिला ढकाल लगायत सात जनाले उम्मेद्वारी दिने चर्चा रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश समितिमा झापाबाट १४ जना निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img