HomeFeatured 2नवनिर्मित हनुमान मन्दिर र प्रतिक्षालयको उद्घाटन

नवनिर्मित हनुमान मन्दिर र प्रतिक्षालयको उद्घाटन

भद्रपुर २१ मंसिर । झापाको भद्रपुर १० स्थित हनुमान् टोलमा हनुमान् मन्दिर तथा सोही स्थानमा निर्मित यात्रु प्रतिक्षालयको एक साथ उद्घाटन गरिएको छ ।
मंगलवार आयोजित एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ तथा गोलोक गोबद्र्धधन गौशाला झापाका संरक्षक नन्दकिसोर भारद्वजले मन्दिर तथा प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो ।
विभिन्न दाताहरुको सहयोगमा विगत २ महिनादेखि निमार्णको क्रममा रहेको नवनिर्मित मन्दिर तथा प्रतिक्षालय निर्माणसंगै टोलको पहिचान समेत भएको छ । कार्यक्रममा समितिको प्रतिवेदन अध्यक्ष खड्गबहादुर बुढाथोकीले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष नयांनाथ पाण्डेले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथ श्रेष्ठ , विशेष अतिथि उपप्रमुख चन्द्रमाया श्रेष्ठ , भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी महाराज भारद्वज, राजनीतिकर्मी घनश्याम अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । बुढाथोकीको अध्यक्षातामा सम्पन्न कार्यक्रमको स्वागत चन्द्रगढी समाज सेवाका अध्यक्ष कमलप्रसाद अधिकारी र संचालन देवीमाया अधिकारीले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नवनिर्मित हनुमान मन्दिर र प्रतिक्षालयको उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img