विर्तामोड १९ मंसीर । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रगत साधारणसभालाई तीब्रता दिएको छ । संस्थाले आइतबार विर्तामोड नगरपालिका अन्तरगत गरामनी सेवा केन्द्रमा साधारणसभा सम्पन्न गरेको छ ।
सभाध्यक्ष घनश्याम नेपालको सभापतित्व तथा झापा क्षेत्र नं.–२ ‘क’ बाट प्रदेश–१ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको बार्षिक गतिविधि समेटिएको प्रतिवेदन संस्थाका अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
सभामा प्रमुख अतिथि कार्की, विर्तामोड नगरपालिका वडा नं.–९ का वडाध्यक्ष पवित्रा पाठक लगायतले शुभकामना मन्तव्य राख्दै कमजोर आर्थिक अवस्था भएकाहरुको आर्थिकस्तर उकास्न र शसक्तिकरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।
सभाबाट १४ औं बार्षिक साधारणसभामा केन्द्रबाट २१ जना प्रतिनिधि समेत छनौट गरेको बिभागिय प्रमुख नारायण न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख रुपन चाम्लिङले गर्नुभएको थियो ।
आर्थिकस्तर बृद्धि र शसक्तिकरणमा सहकारीको भूमिका महत्वपूर्ण

































































































