Homeसमाचारराप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, को हुन् लिङ्देन ?

राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, को हुन् लिङ्देन ?

झापा १९ मंसीर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरण महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनु भएको छ ।
झापाको गोलधाप निवासी लिङ्देनले प्रतिष्पर्धी कमल थापालाई २ सय मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । पार्टी संगठनमा केन्द्रीय सदस्य, महामन्त्री हुँदै अध्यक्षमा निर्वाचित ५६ वर्षीय लिङ्देनले १ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उपविजेता बन्नु भएका कमल थापाले १ हजार ६ सय १८ मत प्राप्त गर्नुभएको छ ।
लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर अध्यक्षमा निर्वाचित भएसंगै लिङ्देनको चर्चा पुनः चुलिएको छ ।
झापाको हल्दिबारी गाउँपालिका–१ (साविक गोलघाप) घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेर चर्चामा आएका थिए ।
को हुन् लिङ्देन ?
वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका हुन् । विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
२०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका लिङ्देन तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष भए । राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा उभिदा राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका लिङ्देन वि.सं. ०६०/०६१ मा जिविस झापाको सभापतिको जिम्मेवारी समेत सम्हाले ।
०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय बेहोरे पनि लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए । राप्रपाबाट सांसद जित्ने लिङ्देन एकमात्र उम्मेद्वार हुन् ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु मध्ये झापाबाट पार्टीको नेतृत्व गर्ने लिङ्देन दोस्रो व्यक्ति हुन । यसअघि देखि नै नेकपा एमालेको नेतृत्व गरेका केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनज्यूलाई हाम्रो पनि हार्दिक बधाई तथा शुभकामना ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, को हुन् लिङ्देन ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img