Homeसमाचारआत्मानिर्भरको शेयर पूँजी १ करोड ४ हजार

आत्मानिर्भरको शेयर पूँजी १ करोड ४ हजार

विर्तामोड १८ मंसीर । आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षता तथा झापा क्षेत्र नं.–२ बाट संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै उत्कृष्ट बचतकर्ता चुली धिमाल र उत्कृष्ट ऋणी बिमला तामाङलाई पुरस्कृत गरिएको थियो ।
१ करोड ४ हजार शेयर पूँजी रहेको संस्थाको कूल निक्षेप २ करोड ८३ लाख १२ हजार ९ सय रुपैयाँ रहेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
४ करोड ५९ लाख ९२ हजार ६ सय रुपैयाँ कर्जा लगानी गरेको संस्थामा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा १ हजार ४ सय ६५ जना शेयर सदस्य रहेको अध्यक्ष पवित्रा महतारा प्रसाईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि खरेल, प्रदेश–१ सांसद जशमाया गजमेर, संविधान सभाका सदस्य प्रेम गिरी, विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुभास भट्टराई, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुष्पा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत धनकुमारी पराजुलीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआत्मानिर्भरको शेयर पूँजी १ करोड ४ हजार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img