Homeसमाचारजन्मदिनमा पत्रकार गौतमको सामाजिक कार्य

जन्मदिनमा पत्रकार गौतमको सामाजिक कार्य

विर्तामोड । प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले आफ्नो ४३ औं जन्मदिन भिन्न तरिकाले मनाएका छन् । उनले आफ्नो जन्मदिनमा (सोमबार) विर्तामोड–९ स्थित उज्यालो दुर्गा बालक्लब गरामनीका ७० बढी बालबालिकालाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेर मनाएका हुन् ।
रचनात्मक काम गरेर जन्म दिन मनाउने परम्परालाई पत्रकार गौतमले यो पटक पनि निरन्तरता दिएका हुन् । गौतमले ४२ औं जन्मदिनमा बिर्तामोड–१० स्थित ज्ञानकुन्ज पुस्तकालय तीन सय भन्दा बढी पुस्तक दिएका थिए । विभिन्न संघसंस्था र अनाथ बालबालिकालाई जन्म दिनमा सहयोग गर्दै आएका उनले यसपटक पनि उक्त कामलाई निरन्तरता दिएका हुन् ।
बालबालिकालाई अध्ययन साथसाथै खेलकुदमा पनि प्रेरित गर्नुपर्छ भन्ने सोचले जन्मदिन बालक्लबका बालबालिकाशीत खुशी साटेर मनाएको गौतमको भनाइ छ। जन्मदिनको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सो क्षेत्रका सामाजिक युवा अगुवा रोहित ओली, सरोज पौडेल, माइनस प्लस संग्रौला, बालक्लबका अध्यक्ष रिता सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले पत्रकार गौतमको सोचले बालबालिका तथा समाजमा सकारात्मक सोच र रुपान्तरणको जग बसाउन सहयोग पुग्ने बताए । स्थानीय अगुवा युवाले बालबालिकालाई गरेको सहयोगले समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
गौतमले यसअघि सोही क्षेत्रका अशक्त डोलेश्वर राजवंशीलाई सिरक, डसना दिएर उदाहरणीय काम गरेको स्मरण गर्दै पत्रकारिता पेसाबाट कमाएको रकम समाज हितमा खर्चनु राम्रो भएको उनीहरूको भनाइ छ ।
विर्तामोडबाट प्रकाशित प्रतिदिन दैनिकका सम्पादक गौतम लेखेर मात्रै होइन आर्थिक र भौतिक सहयोग गर्ने दायित्व मात्र नभइ समाज परिवर्तनमा लागेकाहरुले बोली साथसाथै व्यवहार पनि त्यही अनुरुपको गर्नु पर्ने र आफु पनि त्यो मार्गमा लागेको बताउँछन् ।
जन्मदिनको उपहार अध्यक्ष भट्टराई ,सम्पादक गौतम, ओली, संग्रौला, पौडेल लगायतले संयुक्त रुपमा बालबालिकालाई हस्तान्तरण गरेका थिए । बालबालिकाले खेल्ने र शैक्षिक सामग्री पाए पछि खुशी व्यक्त गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मदिनमा पत्रकार गौतमको सामाजिक कार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img