Homeसमाचारधार्मिक तथा पर्यटन प्रद्धर्दनका लागि पैदल यात्रा

धार्मिक तथा पर्यटन प्रद्धर्दनका लागि पैदल यात्रा

विर्तामोड। यात्रा गर्ने विभिन्न सवारीका साधन भएपनि झापाका एक युवाले पैदल यात्रा रोजेका छन् । पर्यटन वर्ष सुरु हुन चारमहिना बाँकी रहँदा सवारीका साधनबिना पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश बोकेर झापा हल्दिवारी–१ का २० वर्षिय नितेस ओली पूर्वी पहाडी जिल्लाको पैदल यात्रामा उत्रिएका हुन् ।
खासगरी सडक यात्रा तथा सुकेटारसम्म हवाई यात्रा बाहेक सर्वसाधारणका लागि विकल्प हीन झै मानिएको ताप्लेजुङको पाथीभरा क्षेत्रको यात्राको विकल्पको सन्देश दिंदै पैदल यात्रामा निस्केको ओलीले बताए ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सुरु हुनै लाग्दा पर्यटन वर्ष सफल पारौं भन्ने जागरण ल्याउनु तथा पैदलयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले यात्राको प्रारम्भ गरेको ओलीले बताए ।
गतवर्ष पहिलो पटक पूवी जिल्लाहरुको पैदलयात्रा गरेका हल्दिवारी–१ का २० वर्षिय ओली त्यसको एकवर्ष पुनः धार्मिक तथा पर्यटकीय यात्रामा निस्किएका हुन् ।
झापाबाट ताप्लेजुङ पुग्नका लागि यातायातको सहज उपलब्धता भएपनि पर्यटन प्रवद्र्धनका लागि उत्तम पैदलयात्रा नै भएको उनले बताए ।
बुधबार विहान विर्तामोडबाट यात्रा प्रारम्भ गरेका ओली शनिश्चरे बजार, सुखानी, दानाबारी हुँदै इलाम पुगेर पहिलो दिन विश्राम लिने बताइएको छ ।
गतवर्ष वर्षको भन्दा यो वर्ष यात्रा अलि छिटो हुने बताउँदै उनले भने–‘अघिल्लो वर्ष बाटो थाहा थिएन, यो वर्ष अलि छिटो हुन्छ, बाटो थाहा छ ।’ यात्राका क्रममा घुमाउरो र सटकट दुवै बाटो प्रयोग हुने बताउँदै भने–‘दुवैबाटो प्रयोग हुन्छ, तर सबै पैदल यात्रा हो ।’
गतवर्षको पैदलयात्रा पछि दुवइ पुगेका उनी ठिक वर्षपछि स्वदेश फर्किएर पुनः पैदल यात्रा सुरु गरेको बताए । झापाबाट ताप्लेजुङस्थित पाथीभरासम्मको दुईसय ८३ किलोमिटरको दुरी पैदल यात्राबाटै पार लगाउने साहसका साथ यात्रामा निस्किएका ओलीलाई बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी र सरसफाई अभियान्ता विष्णुप्रसाद आचार्यले विदाई गरेका छन् ।
ओलीको यात्रामा विर्तामोडस्थित बोस्टन एकजुकेशन सेन्टरले आवासको प्रबन्ध गरेको बताइएको छ । यात्रा १४ दिनमा पूरा हुने ओलीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधार्मिक तथा पर्यटन प्रद्धर्दनका लागि पैदल यात्रा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img