विर्तामोड १८ मंसीर । मेचीमहाकाली सयुक्त आवाज झापाको आयोजनामा लैङ्गिक हिसा न्यूनीकरण, सामाजिक कुरीति, कुप्रथा, बाल बिबाह बिषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी, बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले हिंसा न्यूनीकरण, दलित अधिकारका नाममा राज्यको करोडौं बजेट सकिएपनी उपलब्धि शुन्य रहेको बताउनुभयो । हिंंसाका घटनामा ८० प्रतिशतले कमी आएको दाबी गर्दै उहाँले प्रत्येक ब्यक्तिको आचारण सुध्रिएमात्रै हिंसा न्यूनीकरण हुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै अधिबक्ता कबिता शर्माले शक्तिमा रहेकाले शक्तिबिहिन माथी हिंसा गर्ने गरेको बताउदै शक्ति सन्तुलन र समान अधिकार प्राप्तिले मात्रै हिंसाको अन्त्य हुने धारणा राख्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर हरि बरालले हिंसा सामाजिक न्यायबिरुद्दको अपराध भएको बताउनुभयो ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्बेली, नारी सन्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, रेडियो बिराटकी प्रबन्ध निर्देशक लीला अनमोल, जानुका सन्जेल संस्थाका कोषाध्यक्ष परु सुवेदी लगायतले शुभकामना मन्तब्य राख्दै पछिल्लो समय हिसाको स्वरुप फेरिएको, घरभित्रै महिलाहरु असुरक्षित रहेको, अग्रणी भुमिकामा रहेकाहरुबाटै पनि हिंसा हुने गरेको धारणा राख्दै हिंसाको अन्त्यका लागी आफू, आफ्नै परिवार र समाजबाट अभियान प्रारम्भ गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
मेचीमहाकाली संयुक्त बुहारी आवाज झापाका अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गङा भट्टराई र सन्चालन सचिब कविता थापाले गर्नुभएको थियो ।
महिला हिसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको दोस्रो चरणमा कविता शर्माले लैगिक हिंसापीडितका लागि कानुनी ब्यवस्थाका बिषयमा र हरि बरालले लैङ्गिक हिंसा, घरेलु हिंसा र महिला हिंसाका बिषयमा जानकारी दिनुभयो । उहाँँका अनुसार प्रहरीले हिंसालाइ तीन तहमा राखेर अध्ययन अनुसन्धान गर्ने गरेको बताउनुभयो ।
हिसामुक्त समाजका लागि देसभर विभिन्न अभियान सन्चालन गरिरहेको सन्जालको नेतृत्व अध्यक्ष यमु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्लेले गरिरहनुभएको छ ।
हिंसाका घटनामा ८० प्रतिशतले कमी आएको मेयर शिवाकोटीको दावी

































































































