कचनकवल १८ मंसीर । झापाको बिर्तामोड –५ मा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सेवा केन्द्रगत रुपमा मंगलबारदेखि शुरु भएकोे छ ।
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारणसभा अन्तरगत सेवा केन्द्रगत सभाको कचनकवल सेवा केन्द्रबाट प्रारम्भ गरेको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६) को दफा २९ को उपदफा ४ बमोजिम सेवा केन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका अध्यक्ष केशव बस्नेतले जानकारी दिनुभयो ।
कोभिड–१९ को जोखिमका कारण सबै सदस्य एकै ठाउँमा भेला गरेर साधारणसभा गर्ने वातावरण नभएपछि सोही दफा अनुसार सहकारीहरुले सेवा केन्द्रगत रुपमा संस्थाको प्रतिवेदन, वितरण, छलफल र सुझाव संकलन गर्नुका साथै निर्णायक बार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौट गर्ने गरेका छन् । सोही अनुसार स्वरोजगार भवानीले पनि साधारणसभाको प्रारम्भ गरेको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिनुभयो ।
सभाध्यक्ष बिनोद झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम सञ्चालक सचिव मनोज भट्टराई, संस्थाका अध्यक्ष अध्यक्ष केशब बस्नेत, कचनकवल गाउँपालिका वडा नं.–६ का वडाध्यक्ष कुलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष केशव बस्नेत, गाउँपालिकाका सहकारी बिभाग प्रतिनिधी गौरव रिजाल लगायतको उपस्थिति रहेको संस्थाका बरिष्ठ अधिकृत रुपन चाम्लिङले जानकारी दिनुभयो ।
विभिन्न ७ प्रकृतिका बचत कार्यक्रम सञ्चालन गर्दै आएको स्वरोजगारले सुत्केरी पोषण, मृत्यु राहत, अवसान राहत, स्वास्थ्य रातह,एकल÷ज्येष्ठ सदस्य राहत लगायतका राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त विभिन्न राहत प्याकेज अन्तरगत आव ०७७÷७८ मा दुईसय ७२ जनालाई १७ लाख ९३ हजार ५० रुपैयाँ राहत वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालु आवका नीति तथा कार्यक्रम अन्तरगत सञ्चालक तथा लेखा समिति सदस्यले रु. ३,००,०००÷– शेयर रकम अनिवार्य पुर्याउनु पर्ने, सहकारी सदस्य शिक्षा तालिम प्रदान गर्दै अन्य व्यवसायमुलक र कृषि तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ ।
स्थापनाको १४ औं वर्षमा आइपुग्दा ९ वटा सहकारी एकीकरण गरी स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका रुपमा सञ्चालित छ । सहकारीले ६ स्थानमा सेवा केन्द्र विस्तारका लागि प्रस्ताव गरेको छ ।
स्वरोजगार भवानीको सेवाकेन्द्र तहमा साधारणसभा शुरु

































































































