Homeसमाचारदोस्रोचरणको राष्ट्रिय जनगणना शुरु

दोस्रोचरणको राष्ट्रिय जनगणना शुरु

झापा २५ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।
तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनजणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो । तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको बताइएको छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।यता झापामा भने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको सरकारी निवासबाट जनगणना शुरु गरिएको छ । जिल्लास्थित जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणी लुईंटेलसहितको टोली जनगणनाको प्रारम्भका लागि प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको सरकारी आवासमा पुगेर तथ्याङ्क संकलन कार्य शुरु गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदोस्रोचरणको राष्ट्रिय जनगणना शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img