Homeसमाचारमेचीमा भब्य छठ पूजा, आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो

मेचीमा भब्य छठ पूजा, आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो

भद्रपुर २४ कार्तिक । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा दुई वर्षपछि भव्य रूपमा छठ पूजा गरिएको छ । गत वर्ष कोरोनाका कारण रोकिएको छठ पूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।
नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाएका छन् । दशकौंदेखिको पूजा स्थलको पहिचान बनाएको मेची घाटमा गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण गतिविधि रोकिएका थिए ।


झापाका मेची, देउनिया, निन्दा, विरिङ, कनकाई माई, रतुवा खोलामा छठ पूजाको विशेष तयारीका साथ पूजा गरिएको छ । पूजा स्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षा कर्मीले संयुक्त गस्ती गरिरहेका छन् । पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ ।
चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुनेछ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको आयोजक मैथिली समाजको दावी रहने गरेको छ ।
नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रूपमा रहेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरु सहयोगी दाता निकायका रूपमा रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीमा भब्य छठ पूजा, आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img