शिवसतासी २४ कात्तिक । झापाको शिवसतासीस्थित माङ्हिम मन्दिरमा आयोजित एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका नेता देउमान थेबेले आसन्न अधिबेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
१३ वटा पालिकाका काङ्ग्रेस सभापतिहरु एवं ४ क्षेत्रीय र ९ प्रदेश क्षेत्रीय सभापतिहरुको समर्थनसहितको उपस्थिति, क्षेत्रीय प्रतिनिधि एवं केन्द्रीय र जिल्लाका नेताहरुको उपस्थितिमा थेबेले सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
आफ्नै निर्वाचन छेत्रबाट कार्यकर्ता भेटघाट तथा उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउमान थेबेले १३ औ महाधिवेशनमा नेताहरुको आग्रहमा सभापतिको दावीबाट पछि हटेको बताउनु भयो । १४ औ महाधिवेशनमा आफुलाई सभापति बनाउने त्यसबेलाको सहमतिमा नेताहरु समर्थन यथावत रहेको थेबेले बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवं काङ्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले थेबेलाइ सभापति बनाउने बिषयमा१३ औ महाधिवेशनमा सहमति भएको बताउदै सहमती गर्नेमा कुमार बुढाथोकी, कृष्णप्रसाद सिटौला, नरेन्द्र नेम्बङ्ग, सुधिरकुमार शिवाकोटी, डिल्लीप्रसाद सिटौला, बिश्वप्रकास शर्मा, पुर्णानन्द दाहाल, गोपालकुमार बस्नेत बसेर थेवेलाई १४ महाधिवेशनमा सभापति बनाउने सहमति गरेको दाबी गर्नुभयो । भद्र सहमतिलाई तोडनु राजनैतिक नैतिकता बिपरित हुने उहाको भनाइ छ ।
जनजाति समुदायको ब्यक्ति थेबेलाई काङ्रेसको सभापति जिताउनु भनेको समावेसीको नमुना हुने धारणा राख्दै नेता बुढाथोकीले काङ्ग्रेस बिचार र व्यवहार दुबैमा समाबेसी भएकोले सभापतिका लागि थेबेलाइ उभ्याएको धारणा राख्नुभयो ।
सहमति र सम्झौता अनि भद्र सहमतिलाई तोडने नेताको भर नहुने हुदा, त्यस्तालाई कार्यकार्ताले बेलैमा चिन्नु पर्ने बुढाथोकीको भनाइ थियो ।
कार्यक्रमका बिशेष अतिथी एवं नेपाली काङ्ग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य
सुधिर कुमार सिवाकोटीले देउमान थेवेको बिधिवत उम्मेद्वारी पवित्र माङहिम मन्दिरबाट, भगवानलाई साक्षी राखेर शुरूवात भएको बताउदै
एमाले र केपी ओलीको ज्यादतिको बिरोधमा खरोरुपमा उभिने दह्रो उम्मेद्वार थेवे नै रहेको दाबी गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी एवं नेपाली काङ्ग्रेस झापाका सभापती उद्घब थापाले १३ औ महाधिवेशनमा भएको सहमति अनुसार देउमान थेवेजीलाई आफ्नो पुरा समर्थन रहेको बताउनुभयो ।
अधिवेशनमा सहभागी भैरहदा प्रतिस्पर्धीलाई मित्रवत ब्यवहार गर्न र जो जितेर आएपनि काङ्रेस नै आउने भएको हुदा, पार्टीको आन्तरिक छनौट प्रक्रियालाई बिपछी पार्टीसगको भिडन्तको रुपमा नलिन पनि सभापति थापाले आह्वान गर्नुभयो ।
एमालेको दादागिरीलाई ठेगान लगाउन सक्ने उम्मेद्वारले मात्र झापा काङ्रेसको संगठन बचाउन र कार्यकर्ताको सुरक्ष गर्नसक्ने थापाको भनाई थियो ।
अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पर्शुराम ढुंगाना र सन्चालन होम दुलालले गर्नुभएको प्रचार बिभाग प्रमुख कृष्ण हुमागाइले जानकारी दिनुभयो ।
महामानब बी पी कोइराला र महागुरु फाल्गुनन्दको तस्बिरमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा फाल्गुनन्द जयन्तीका अवसरमा माङ्सेवा कार्यक्रम पनि आयोजना गरिएको थियो ।
माङ्हिम मन्दिरमा थेवेद्वारा कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा

































































































