Homeसमाचारझापामा जनगणनाको तयारी पूरा, देशभर ४० हजार गणक खटिने

झापामा जनगणनाको तयारी पूरा, देशभर ४० हजार गणक खटिने

भद्रपुर २४ कात्तिक । भोलीदेखि मंसीर ९ गतेसम्म देशभर सञ्चालन हुने १२ औं राष्ट्रिय जनगणना अन्तरगत झापामा तयारी पूरा भएको छ ।
मेरो गणना मेरो सहभागिता नारा लिएको राष्ट्रिय जनगणना २०७८ अन्र्तगत झापामा १ एकहजार ४ सय ५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्ला जनगणना कार्यालयको प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५ सय घरपरिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्ने छन् ।
कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी भद्रपुर र दमकमा गरी दुईवटा जनगणना कार्यालय राखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तयारी बारे जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा तयारीबारे जिल्ला जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणी लुईंटेलले भोलीदेखि शुरु हुने राष्ट्रिय जनगणना र झापामा भएको तयारीबारे जानकारी दिनुभएको हो । जानकारी दिनुभएको हो । लुईंटेलका अनुसार झापामा गणनामा खटिने एकहजार एकसय ८७ जनाले गणकमध्ये एकजना गणकले २२५ परिवार गणना गर्नुपर्नेछ । झापामा सुपरीवेक्षण र गणकसहित एकहजार चारसय ५२ जना कार्यक्षेत्रमा खटिने छन् ।
राष्ट्रिय जनगणना समन्वय समिति झापाका संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जनगणना सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
जो जहाँ बसेको छ त्यही ठाउँमा अर्थात अक्सर बसाईको आधारमा जनगणनामा सहभागि हुन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले गणनामा कोही पनि छुट्नु नहुनेमा जोड दिनुभयो ।
मुलुकको वास्तविक जनसंख्या थाहा पाउनुका साथै निर्वाचन क्षेत्र निर्धारण, बजेटको व्यवस्थापन, योजना निर्माण, बेरोजगारीको अवस्था लगायत धेरै कुराहरु जनगणनाले अध्यावधिक गर्नेछ । लैङ्गिक समता र समावेशीकरणको अवस्थाबारे समेत जनगणनाले दर्शाउनेछ ।
जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणि लुँइटेलका अनुसार जनगणनाको १२ औं श्रृङ्खला अन्र्तगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिने छ । ती मध्ये ३७ वटा व्यक्तिगत विवरणका प्रश्नावली हुने छन् भने पारिवारिक र सामुदायिक प्रश्नावली समेत तय गरिएको छ । यी प्रश्नावलीले कृषि, रोजगार, आर्थिक अवस्था, स्थायी बसोवास, अस्थायी बसोवास लगायत राज्यको आय–व्यय तथा नीतिगत योजनाका लागि तथ्यगत विवरण निर्माण हुने छन् ।
त्यस्तै देशभरमा जनगणनाका लागि ४० हजार गणक खटिने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनु भएको छ । जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह समेत गर्नुभएको छ ।
अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मसीर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा जनगणनाको तयारी पूरा, देशभर ४० हजार गणक खटिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img