Homeसाहित्यडमीमा अल्झिएको मनमायाको रहर

डमीमा अल्झिएको मनमायाको रहर

रुकु खनाल मिश्र

हरेक दिन नयाँ कपडा फेरि फेरि पसल अगाडि ठिंग उभिएका डमीहरुतिर हेर्दै मनमाया आफूले बर्षौदेखि फेर्न नपाएका फाटेका कपडा हेर्दै थि नै डमीहरुसंग भन्छे ए साथीहरु तिमीहरु कति भाग्यमाथी है तिम्रो पसलका साहूले मेरो गरिबीलाई खिल्ली उठाउँदै जति गाली गरेता पनि तिमीहरुले दैनिक फेरेर लाइको कपडा हेर्न म यहाँ आउने गर्छु । कतै तिमीहरुले नयाँ कपडा फेर्ने हतारमा पुरानो कपडा च्यातिन्छ र काम नलाग्ने भएपछि तिम्रा साहुजीले रद्धीको टोकरीमा हुत्याउने हुनकी भनेर नी मनमायको एकोहोरो बडबड ती डमीहरुले सुनिरहेका छन् भन्ने आवास हुन्छ उनीलाई । एक साथीहरु म बोली रहन्छु तिमीहरु चुपचाप सुनिरहन्छौं । कति न्यायिक छौं है साथीहरु न मेरो घृणा गर्छौ न त झुठा आश्वासन दिन्छौं मन्द मुस्कानमा एकोहोरो मलाई नै हेर्छौं ।
म यहाँ तिमीहरुको अगाडि पछाडि लुकेको तिम्रा साहु साहुनीले देखें भने अझ तुच्छ बचनका बाण प्रहार गर्छन् । डमी तिर आँसुले भरिएका नयन देखाउँदै हेरत मेरो आँखामा आँशुको गंगा बहन्छ । चोटै चोटले थिलथिलो छातीतिर देखाउँदै हेर त साथीहरु मेरो मनभित्र कति धेरै चोटहरु छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ मानमाया हनुमान हो र ! आफ्नो छातीभित्र भएका सिताराम देखाउँदै छन् । अझैपनि डमीलाई संसार डुलेर पिल्सिएको मन देखाउँदै भन्छे ए ! साथीहरु हेर न मेरो मनभित्र । मभित्रै पहिरो जान्छ, आदीबेरी मात्र हेर्न सुनामी आएर सबै भताभुङ्ग पारीदिन्छ अब त मेरा नयनहरु भरोसा र मायामा भन्दा घडीसंग रमाउन थालेका छन् ।
मनमाया डमीहरुलाई भन्छे साथीहरु तिमीहरु कति धेरै भाग्यमानी छौ हैं । इज्जत, माया पाएका छौ तिमीहरुको यति रमाइलो जिन्दगी देखेर तिम्रा बाआमाहरु कति खुशी हुनुहुन्छ होला । हेरन म त संसारकै अभागीको वर्गमा पर्दोरहेछु । इच्छा र चाहना पुरा हुने मुलढोका नै बन्द गरी दिएका रहेछन् निष्ठुरी दैवले हरेक दिन दुःखका बादल छाउछ र असीना र बेग बर्सन्छ पुनः डमीतिर हेरेर तिमीहरुले त यसरी कपडा फेछौं तिमीहरुलाई सधैं चाडवाड आउँछ हैं । झन खानेकुराहरु कति मिठा मिठा खान पाउँछौ होलानी म यहाँ बसुञ्जेल तिमीहरुलाई खाजा पानी आउदैन मैले कसैले खाएको हेरे भने चोखे लाउछु रे अरु अरुले पनि गाली गर्छन मेरो कारण तिमीहरु भोकैं हुन्छौं होला हैं । ए साथीहरु म सुटुक्क भन्छु मानन न ल । तिमीहरुले कपडा त च्यातेनौं तर खानेकुरा पाएपछि अलि अलि उभारेर भएपनि मलाई राखीदेउन ल । तिमीहरु मध्ये कसैलाई अमन भयो भने बाहिरका कुकुरहरुलाई नदिनु ल मलाई बोलाउनु । महिनौंदेखि भोकले सुकेको पेटमाथि हात राख्दै हेरन म धेरै भोकाएकी छु । कति दिनदेखि खाना खान पाएकै छैन । कुण्ठित आवाजमा त्यसैले त म तिमीहरुसंग भन्छुनी म संसारकै अभागी वर्गमा परेको मान्छे हुँ । म भनिरहन्छु तिमीहरु सुन्छौ मात्र मनमायालाई ति डमीहरु र कपडा सजाउने मूर्ति भन्ने के थाहा एकोहोरो बोलिरहन्छे ।
घरी घरी पसलका साहू र कामदार आएर मनमायालाई पशुवत व्यवहार गर्छन् र लखेट्छन् । तर, मनमाया ति डमीहरुले कहिले कपडा पुराना बनाउँछन् र फु्याकिन्छ भन्ने पर्खाईबाटा टाढा जान सक्दिन । बजार भरी चाडवाडले भिडभाड छ । कस्लाई कस्को मतलब छैन । मनमायालाई भने चाडवाडका त के मतलब र एकछाक टन्न खान पाए र आफ्नो पुरानो कपडा खोलेर आङ्गमा नयाँ कपडा फेर्न पाए मनमायालाई पनि दशैं आउने थियो । विचरीसंग आङ्गमा भएको मकाएको थोत्रो कपडा बाहेक अरु छैन । खुल्ला आकाश र टेकेको धर्ती भन्दा अरुको आड र भरोसा पनि छैन । अब झमक्क रातमा अधेरो नै मन पर्छ । जुनेली रातका जुनताराले उनको नग्नपन देखेर गिज्याउँछ झैं लाग्छ । जुनकिरीहरु पनि उनको छेउछाउ नउडेहुन्थ्यो जस्तो लाग्छ । मनमायालाइ सिर्सिरे बतासले शरीरलाई जति कठिन बनाए पनि मिर्मिरे हुनु अगावै कपडा सुकाउनको लागि बतासको अति आवश्यक हुन्छ । लुट्नेहरु र लुछ्नेहरुको भिडबाट बचेर जसो तसो रात बिताउछे मनमाया । र विहानी किरणसंगै उठेर कपडा लगाएर त्यही पसल अगाडीका डमीहरुसंग तिता मिठा कुराकानी गर्न हतारिन्छे । मनमायासंग बाध्यताको ठूलो भड्खालो छ । तितो, अतित कठिनाईका सुनामी र बेगसंग बिताई रहेको वर्तमान, असोचनिय भविष्य उनको मनमा मडारिन्छ । जब जब पसल खुल्छ र नयाँ कपडा फेरिएर डमीहरु बाहिर राखिन्छ । तबसम्म मनमाया अलि परबाट हेर्छे । अ साहू र कामदार पसलभित्रै व्यस्त रहन्छ । तब मनमाया दौडेर डमी छेउ आउँछे र सुम्सुयाउन थाल्छे । ए मेरो माथि साथीहरु हेर है मैले भनेकी छु नी दिनैपिच्छे नयाँ कपडा फेरे भनेर मख्ख नपर । मैले बोलेको सुननी मनमाया खिल्का छाडेर हाँस्न खोज्छे लाग्छ आफूसंगै उनीहरु पनि हाँस्दैछन् । मनमायाका दुखित मनले ओठहरलाई पनि हाँसो छर्दिन मानेन कुण्ठित मनले दिएका लामो सुस्केराहरुसंगै थकित आवाजमा बोल्न थाल्छे । थाहा छ साथीहरु मेरा आँखामा सपनाहरु फेरिन्छन् तर कहिल्यै पूरा हुन सकेनन् । मेरो मनमा चाहनाहरु फेरिन्छन् तर यथार्थ जिर्ण छ मेरो घर पनि थियो र सन्तान पनि थिए । त्यहाँ म फेरिए । पतिले सौता भित्र्याए, छोराछोरीबाट माया दिने आमा फेरिएर यातना दिने कान्छी आमा पाए होलान् म लाचार छु तिमीहरुको अगाडि । मेरा पतिदेवले हरेक साँझमा रक्सीका स्वाद फेर्छन् र भट्टि पनि चहारी चहारी हिड्छन् संसारमा सबैका लागि सबैथोक फेरियो साटयिो तर म अभागीका लागि पीडा फेरिएर खुशी आएन बरु पीडासंग अझ यातना थपिएर आयो अब त मनमायाको आँखामा सङ्लो पानी सकिएर सगतका आँशु झर्न थालेका थिए ।
दशैले गाउँशहर झपप छोपेको थियो । महानवमीको साँझ पसलेहरुले सटर झार्न थाले मनमायाका साथीहरु (डमीहरु) सटरभित्र थन्क्याउन शुरु भयो । तर मनमायाको रहरहरु अझ च्यातिएर जान थाले ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
साहित्यडमीमा अल्झिएको मनमायाको रहर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img