रुकु खनाल मिश्र
हरेक दिन नयाँ कपडा फेरि फेरि पसल अगाडि ठिंग उभिएका डमीहरुतिर हेर्दै मनमाया आफूले बर्षौदेखि फेर्न नपाएका फाटेका कपडा हेर्दै थि नै डमीहरुसंग भन्छे ए साथीहरु तिमीहरु कति भाग्यमाथी है तिम्रो पसलका साहूले मेरो गरिबीलाई खिल्ली उठाउँदै जति गाली गरेता पनि तिमीहरुले दैनिक फेरेर लाइको कपडा हेर्न म यहाँ आउने गर्छु । कतै तिमीहरुले नयाँ कपडा फेर्ने हतारमा पुरानो कपडा च्यातिन्छ र काम नलाग्ने भएपछि तिम्रा साहुजीले रद्धीको टोकरीमा हुत्याउने हुनकी भनेर नी मनमायको एकोहोरो बडबड ती डमीहरुले सुनिरहेका छन् भन्ने आवास हुन्छ उनीलाई । एक साथीहरु म बोली रहन्छु तिमीहरु चुपचाप सुनिरहन्छौं । कति न्यायिक छौं है साथीहरु न मेरो घृणा गर्छौ न त झुठा आश्वासन दिन्छौं मन्द मुस्कानमा एकोहोरो मलाई नै हेर्छौं ।
म यहाँ तिमीहरुको अगाडि पछाडि लुकेको तिम्रा साहु साहुनीले देखें भने अझ तुच्छ बचनका बाण प्रहार गर्छन् । डमी तिर आँसुले भरिएका नयन देखाउँदै हेरत मेरो आँखामा आँशुको गंगा बहन्छ । चोटै चोटले थिलथिलो छातीतिर देखाउँदै हेर त साथीहरु मेरो मनभित्र कति धेरै चोटहरु छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ मानमाया हनुमान हो र ! आफ्नो छातीभित्र भएका सिताराम देखाउँदै छन् । अझैपनि डमीलाई संसार डुलेर पिल्सिएको मन देखाउँदै भन्छे ए ! साथीहरु हेर न मेरो मनभित्र । मभित्रै पहिरो जान्छ, आदीबेरी मात्र हेर्न सुनामी आएर सबै भताभुङ्ग पारीदिन्छ अब त मेरा नयनहरु भरोसा र मायामा भन्दा घडीसंग रमाउन थालेका छन् ।
मनमाया डमीहरुलाई भन्छे साथीहरु तिमीहरु कति धेरै भाग्यमानी छौ हैं । इज्जत, माया पाएका छौ तिमीहरुको यति रमाइलो जिन्दगी देखेर तिम्रा बाआमाहरु कति खुशी हुनुहुन्छ होला । हेरन म त संसारकै अभागीको वर्गमा पर्दोरहेछु । इच्छा र चाहना पुरा हुने मुलढोका नै बन्द गरी दिएका रहेछन् निष्ठुरी दैवले हरेक दिन दुःखका बादल छाउछ र असीना र बेग बर्सन्छ पुनः डमीतिर हेरेर तिमीहरुले त यसरी कपडा फेछौं तिमीहरुलाई सधैं चाडवाड आउँछ हैं । झन खानेकुराहरु कति मिठा मिठा खान पाउँछौ होलानी म यहाँ बसुञ्जेल तिमीहरुलाई खाजा पानी आउदैन मैले कसैले खाएको हेरे भने चोखे लाउछु रे अरु अरुले पनि गाली गर्छन मेरो कारण तिमीहरु भोकैं हुन्छौं होला हैं । ए साथीहरु म सुटुक्क भन्छु मानन न ल । तिमीहरुले कपडा त च्यातेनौं तर खानेकुरा पाएपछि अलि अलि उभारेर भएपनि मलाई राखीदेउन ल । तिमीहरु मध्ये कसैलाई अमन भयो भने बाहिरका कुकुरहरुलाई नदिनु ल मलाई बोलाउनु । महिनौंदेखि भोकले सुकेको पेटमाथि हात राख्दै हेरन म धेरै भोकाएकी छु । कति दिनदेखि खाना खान पाएकै छैन । कुण्ठित आवाजमा त्यसैले त म तिमीहरुसंग भन्छुनी म संसारकै अभागी वर्गमा परेको मान्छे हुँ । म भनिरहन्छु तिमीहरु सुन्छौ मात्र मनमायालाई ति डमीहरु र कपडा सजाउने मूर्ति भन्ने के थाहा एकोहोरो बोलिरहन्छे ।
घरी घरी पसलका साहू र कामदार आएर मनमायालाई पशुवत व्यवहार गर्छन् र लखेट्छन् । तर, मनमाया ति डमीहरुले कहिले कपडा पुराना बनाउँछन् र फु्याकिन्छ भन्ने पर्खाईबाटा टाढा जान सक्दिन । बजार भरी चाडवाडले भिडभाड छ । कस्लाई कस्को मतलब छैन । मनमायालाई भने चाडवाडका त के मतलब र एकछाक टन्न खान पाए र आफ्नो पुरानो कपडा खोलेर आङ्गमा नयाँ कपडा फेर्न पाए मनमायालाई पनि दशैं आउने थियो । विचरीसंग आङ्गमा भएको मकाएको थोत्रो कपडा बाहेक अरु छैन । खुल्ला आकाश र टेकेको धर्ती भन्दा अरुको आड र भरोसा पनि छैन । अब झमक्क रातमा अधेरो नै मन पर्छ । जुनेली रातका जुनताराले उनको नग्नपन देखेर गिज्याउँछ झैं लाग्छ । जुनकिरीहरु पनि उनको छेउछाउ नउडेहुन्थ्यो जस्तो लाग्छ । मनमायालाइ सिर्सिरे बतासले शरीरलाई जति कठिन बनाए पनि मिर्मिरे हुनु अगावै कपडा सुकाउनको लागि बतासको अति आवश्यक हुन्छ । लुट्नेहरु र लुछ्नेहरुको भिडबाट बचेर जसो तसो रात बिताउछे मनमाया । र विहानी किरणसंगै उठेर कपडा लगाएर त्यही पसल अगाडीका डमीहरुसंग तिता मिठा कुराकानी गर्न हतारिन्छे । मनमायासंग बाध्यताको ठूलो भड्खालो छ । तितो, अतित कठिनाईका सुनामी र बेगसंग बिताई रहेको वर्तमान, असोचनिय भविष्य उनको मनमा मडारिन्छ । जब जब पसल खुल्छ र नयाँ कपडा फेरिएर डमीहरु बाहिर राखिन्छ । तबसम्म मनमाया अलि परबाट हेर्छे । अ साहू र कामदार पसलभित्रै व्यस्त रहन्छ । तब मनमाया दौडेर डमी छेउ आउँछे र सुम्सुयाउन थाल्छे । ए मेरो माथि साथीहरु हेर है मैले भनेकी छु नी दिनैपिच्छे नयाँ कपडा फेरे भनेर मख्ख नपर । मैले बोलेको सुननी मनमाया खिल्का छाडेर हाँस्न खोज्छे लाग्छ आफूसंगै उनीहरु पनि हाँस्दैछन् । मनमायाका दुखित मनले ओठहरलाई पनि हाँसो छर्दिन मानेन कुण्ठित मनले दिएका लामो सुस्केराहरुसंगै थकित आवाजमा बोल्न थाल्छे । थाहा छ साथीहरु मेरा आँखामा सपनाहरु फेरिन्छन् तर कहिल्यै पूरा हुन सकेनन् । मेरो मनमा चाहनाहरु फेरिन्छन् तर यथार्थ जिर्ण छ मेरो घर पनि थियो र सन्तान पनि थिए । त्यहाँ म फेरिए । पतिले सौता भित्र्याए, छोराछोरीबाट माया दिने आमा फेरिएर यातना दिने कान्छी आमा पाए होलान् म लाचार छु तिमीहरुको अगाडि । मेरा पतिदेवले हरेक साँझमा रक्सीका स्वाद फेर्छन् र भट्टि पनि चहारी चहारी हिड्छन् संसारमा सबैका लागि सबैथोक फेरियो साटयिो तर म अभागीका लागि पीडा फेरिएर खुशी आएन बरु पीडासंग अझ यातना थपिएर आयो अब त मनमायाको आँखामा सङ्लो पानी सकिएर सगतका आँशु झर्न थालेका थिए ।
दशैले गाउँशहर झपप छोपेको थियो । महानवमीको साँझ पसलेहरुले सटर झार्न थाले मनमायाका साथीहरु (डमीहरु) सटरभित्र थन्क्याउन शुरु भयो । तर मनमायाको रहरहरु अझ च्यातिएर जान थाले ।

































































































