अर्जुनधारा १७ कात्तिक । नेपालीहरुको दोश्रो ठूलो चाड दीपावली तथा छ्ठ पर्वको अवसर पारेर मेचीमहाकाली बुहारी संयुक्त आवाज झापाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम सस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो । झापा शाखा अध्यक्ष शिखा खड्का गणेश को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरोना संक्रमणको समयमा सामाजिक सेवामा सक्रिय सस्थाका १० जनालाई सम्मान गरिएको थियोे ।
यसरी सम्मानित हुनेहरुमा झापा अध्यक्ष शिखा खड्का गणेश, कमला भट्टराई, निरु भट्टराई, निलम प्रसाइ, अर्चना ढकाल, सिमा अधिकारी, परु सुवेदी, अम्बिका दाहाल, कविता थापा , गंगा भट्टराई लगायत रहनुभएको छ ।
सामुहिक रुपमा देउसी भैलो समेत खेलिएको कार्यक्रममा एकापसमा शुभकामना साटासाट गरिएको थियोे । यमु शर्मा सुब्बा केन्द्रीय अध्यक्ष रहेको मेचीमहाकाली संयुक्त बुहारी आवाजको संजाल नेपालका ४० बढी जिल्लामा क्रियाशिल छ । सस्थाले हिसामा परेका महिलाहरुको न्यायीक प्रक्रिया एवं हिसामुक्त समाज स्थापनाका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज झापाको सम्मान तथा शुभकामना

































































































