Homeसमाचारनेकपाको नगरकमिटी अध्यक्षमा सुवास निर्वाचित

नेकपाको नगरकमिटी अध्यक्षमा सुवास निर्वाचित

विर्तामोड १६ कात्तिक । नेकपा एमाले विर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित हुनुभएको छ ।
जिल्ला पार्टी कार्यालयमा मंगलबार सम्पन्न निर्वाचनबाट नगरको अध्यक्षमा निर्वाचित युवा व्यवसायी भट्टराईले प्रतिष्पर्धी उमानाथ ओलीलाई १३७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भट्टराईले २७७ मत प्राप्त गर्दा ओलीले १४० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
नगरकमिटीको उपाध्यक्षमा २१४ मतका साथ पुष्पा दाहाल निर्वाचित हुँदा उहाँकी प्रतिष्पर्धी उर्मिला खरेलले १९४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी २१६ मत प्राप्त गर्दै सचिवमा शेखर कँडेल निर्वाचित हुनुभएको छ । कँडेलले प्रतिष्पर्धी शंकर ढुङ्गेलले १८६ मत प्रात गर्दै उपविजेता बन्नु भएको थियो ।
नगरकमिटीको दुई उपसचिवका लागि चुनावी मैदानमा रहेका ८ जनामध्ये १७९ मत प्राप्त गर्दै प्रकाश लिङ्देन र १७० मतसहित मदन बुढाथोकी निर्वाचित भएका छन् ।
गत कात्तिक ९ गतेबाट शुरु भएको नेकपाको नगर अधिवेशनमा नगरकमिटी सर्वसम्मत बनाउन भगिरथ प्रयास गरेपनि नसकेपछि अन्तत: निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।
झापाका अर्जुनधारा, शिवसताक्षी लगायतका नगरपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ भने कमल, दमकसहित केही पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेकपाको नगरकमिटी अध्यक्षमा सुवास निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img