विर्तामोड १६ कात्तिक । विर्तामोड साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई सहज रुपमा पानी उपलब्ध गराउन ओभर हेड ट्यांकीसहित वटा योजना समेटिएको माग पत्र बुझाएको छ ।
झापाका विभिन्न खानेपानी योजना अध्ययन अवलोकन गर्ने क्रममा विर्तामोड साना शहरी खानेपानी कार्यालयमा पुगेका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई माग पत्र बुझाएको संस्थाका सचिव मेघराज बास्तोलाले जानकारी दिनुभयो ।
खानेपानी मन्त्रीसहित विभागिय प्रमुखहरुको समेत उपस्थिति रहेको सो अवसरमा खानेपानी मन्त्री उमाकान्त चौधरी विर्तामोड साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाले उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले ओभरहेड ट्याङ्की, ट्रिटमेन्ट प्लान्ट, पाइपलाइन विस्तारका लागि बजेट माग गरेको हो ।
माग गरिएका योजनाहरुको लागत ४ करोड बढी हुने अनुमान गरिएको छ । मन्त्री चौधरीले मंगलबार सुरुङ्गा, दमक, खुदुनावारी, विर्तामोड लगायत विभिन्न १७ वटा खानेपानी योजनाको अध्ययन अवलोकन गरेको बताइएको छ ।
विर्तामोड खानेपानीको माग ओभरहेड ट्यांकी र ट्रिटमेन्ट प्लान्ट

































































































