Homeसमाचारझापाका अधुरा खानेपानी योजनाको पूर्णताका लागि मन्त्री चौधरीको पहल

झापाका अधुरा खानेपानी योजनाको पूर्णताका लागि मन्त्री चौधरीको पहल

विर्तामोड १६ कात्तिक । खानेपानी मन्त्री उमाकान्त चौधरीले झापाका अधुरा खानेपानी योजनालाई पूर्णता दिन पहल गर्ने बताउनु भएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक झापा जिल्लामा खानेपानीको अवस्थाबारे अध्ययन अवलोकन गर्न आउनु भएका मन्त्री चौधरीले नेपाल प्रेस युनियन झापाद्वारा विर्तामोडस्थित साना शहरी खानेपानी कार्यालयको परिषरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले खानेपानी योजनामा संघ, प्रदेश र स्थानीय तहको समन्वयबारे विस्तृत अध्ययन गरेपछि अधुरा कामलाई पूर्णता दिनका लागि योजनाहरुमा बजेटको व्यवस्थापन गर्न सहज हुने अपेक्षासहित खानेपानी योजनाहरुको प्रत्यक्ष अध्ययन अवलोकन गरेको मन्त्री चौधरीले बताउनु भयो ।
कार्यकालको पहिलो प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंबासीलाई सहज रुपमा पानी उपलब्ध गराउने रहेको बताउँदै मन्त्री चौधरीले भन्नुभयो–‘अघिल्लो सरकारले हतारमा गरेको काममा समस्या आयो, बाढीले समेत आयोजनामा क्षति पु¥यायो । यसअघि गठित विज्ञ टोलीले सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा तिहारपछि आफैं अनुगमन गरेर फास्ट ट्र्याकबाट अस्थायी रुपमा भएपनि काठमाडौंबासीलाई पानी खुवाउँछु ।’
के.पी. ओली आफ्नै अहंकारी र स्वेच्छाचारी ढंगबाट देशलाई समाप्त पार्ने उद्देश्यले अघि बढ्दा सरकार गुमेको प्रसङ्ग उल्लेख गर्दै उहाँले वर्तमान सरकार जनताबाटै निर्वाचित बहुमतको सरकार भएको दावी गर्नुभयो ।
खानेपानी संस्थानको प्रवन्धक नियुक्ति बरिष्ठताका आधारमा योग्य ब्यक्तिलाई जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । दुईदिनको झापा बसाईमा ३३ वटा खानेपानी आयोजनाको अवलोकन तथा अनुगमन गरिएको जानकारी दिदै मन्त्री चौधरीले आफूले सुधारका लागि बचन दिएका आयोजना पूरा गरेरै छाड्ने दावी पनि गर्नुभयो । झापामा गुणस्तर सुधार, ढल निर्माण तथा प्रशोधन, खानेपानी तथा सरसफाई, शहरी खानेपानी तथा सरसफाई सम्बन्धी विभिन्न योजना अघि बढाउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले गर्नुभएको थियो भने सञ्चालन सहसचिव स्वस्तिका आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका अधुरा खानेपानी योजनाको पूर्णताका लागि मन्त्री चौधरीको पहल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img