Homeसमाचार१० हजारलाई उद्यमी बनाउने, विपन्नलाई डाक्टर पढाउने सहाराको लक्ष्य,

१० हजारलाई उद्यमी बनाउने, विपन्नलाई डाक्टर पढाउने सहाराको लक्ष्य,

विर्तामोड १५ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति लिंदै यसवर्षबाट अनुदान वितरण शुरु गर्ने भएको छ ।
संस्थाको २५ औं बार्षिक साधारणसभाको पूर्व तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अल्पसंख्यक एवं विपन्न परिवारका डाक्टर पढ्न इच्छुक शेयर सदस्यका छोराछोरी मध्ये दुईजना विद्यार्थीलाई २५ लाख रुपैयाँ अनुदान दिने नीति अघि सारिएको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । संस्थाले साधारणसभाको आगामी कात्तिक २७ गते तोकेको छ ।
उहाँका अनुसार पढ्ने इच्छाशक्ति भएका तर आर्थिक कारणले प्राविधिक शिक्षा अध्ययन गर्न नसकेका विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइने छ । डाक्टर कोर्ष पूरा गर्नका लागि अपुग भएको अवस्थामा सम्बन्धित विद्यार्थीलाई अत्यन्तै न्यून ब्याजदरमा ऋण उपलब्ध गराइने उहाँले बताउनु भयो । यस वर्ष दुईजनाबाट प्रारम्भ गरिने उक्त योजनामा आगामी वर्षदेखि भने १० जनालाई समेटिने गिरीले बताउनु भयो । संस्थाले अल्पसंख्यक तथा अति विपन्नमा सन्थाल, मुसहर, लेप्चा, किसान, लगायतका जातिलाई समेटेर कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले चालु आर्थिक वर्षका लागि वित्तीय र गैह्रवित्तीय गरी १६ शिर्षकमा ७२ वटा कार्यक्रम प्रस्तुत गर्दै सहुलियत ऋण, ‘म पनि उद्यमी’ अभियानमार्फत ४ वर्षमा १० हजार उद्यमी बनाउने, विपन्न परिवारका दुईसय सदस्यलाई रासन कार्ड वितरण गरी अत्यावश्यक खाद्यान्नमा ५० प्रतिशत छुट दिने लक्ष्यसहित कार्यक्रम शुरु गरिएको गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी स्वास्थ्य कार्यक्रममार्फत सुत्केरी पोषण, होम केयर, संजिवनी, जीवन बरदान, सिनियर सिटिजन हेल्थ केयर, वेलनेस सेन्टर, एम्बूलेन्स एवं फर्मेसी सेवा, विपन्नलाई स्वास्थ्य बिमा कार्यक्रम, कोरोना संक्रमितलाई औषधी उपचार सहयोग, सहारा हेल्थ सेन्टर स्थापना गरी डाईग्नोसिस सेवा शुरु गर्ने लक्ष्य अघि सारेको छ भने कृषि ऋण लिएर गाई तथा भैंसी पालन गरिरहेका किसानलाई पशु सुत्केरी भत्ता रु. एकहजार उपलब्ध गराउने जनाएको छ ।
शेयर सदस्य तथा लघुवित्त परियोजना अन्तरगतका समूहद्वारा उत्पादित १० वटा उत्पादनलाई प्रशोधन एवं बजारीकरणमा प्राविधिक सहयोग गर्ने, उदयपुर र पाँचथरका विकट गाउँलाई ४ वटा एम्बूलेन्स वितरण गर्ने, बिग मर्जको अवधारणा अघि बढाउने साथै सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत असक्त, एकल महिला, पुरुष, ज्येष्ठ सदस्य तथा बालबालिकाहरुको संरक्षणमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने नीति अघि सारेको छ ।
प्रदेश–१ का ११ जिल्लाका ८० वटा गाउँ÷नगरपालिकालाई कार्यक्षेत्र बनाई सेवा प्रवाह गर्दै आएको संस्थाले चालु आवभित्र ८५ वटा सेवा केन्द्र बनाउने र दुईलाख सदस्य विस्तार गर्दै ६० करोड मुनाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।
संस्थामा हाल एकलाख ५० हजार तीनसय ४५ सदस्य छन् भने विभिन्न तहमा ५०४ जना कर्मचारी कार्यरत रहेको बताइएको छ । संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ४५ करोड १२ लाख खुद मुनाफा आर्जन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘मेरो गौरब मेरो सहारा, सधैंको लागि सबैको लागि’ भन्ने मूल नारा तय गरेको सहाराले १० वर्षे रणनीतिक योजना अन्तरगत उत्पादन र बजारीकरण, सामाजिक व्यवसाय सञ्चालन, साक्षरता र शिक्षा, उद्यमशीलता र व्यवसाय विकासमा सहयोग, स्वास्थ्य क्षेत्रमा योगदान, उर्जा, महिला सशक्तिकरण, युवा स्वरोजगारमा योगदानका साथै वित्तीय सेवाको समाधान, गरिबी बेरोजगारी र कार्वन उत्सर्जन न्युनिकरण अभियान सञ्चालन एवम् सामाजिक सुरक्षाको प्रत्याभूति लगायतका योजना अघि सारेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१० हजारलाई उद्यमी बनाउने, विपन्नलाई डाक्टर पढाउने सहाराको लक्ष्य,
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img