HomeFeatured 2दारी ग्याङकाे अध्यक्षमा गाेकुल

दारी ग्याङकाे अध्यक्षमा गाेकुल

पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दारी ग्याङ झापाको अध्यक्षमा बुद्धशान्तिका गोकुल पौडेल चयन भएका छन् । बसेको विशेष साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा उनलाई चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा मनिष दाहाल र चिरञ्जिवी कोइराला, सचिवमा विवेक सुन्दास, सहसचिवमा रोमन चापागाई र विवेक नेपाल र कोषाध्यक्षमा दिनेश खतिवडा चयन भएको बताइएको छ ।
झापामा यस अघि दारी ग्याङले विभिन्न व्यस्त सडकहरुमा जेब्रा क्रसिङको निमार्ण, शारीरिक अशक्तहरुलाई सहयोग, विद्यालहरुमा शौक्षिक सामग्री वितरण, मठमन्दिरहरुमा डस्बीन सहयोग, महिला हिंशा विरुद्धका कार्यक्रमहरुको आयोजना लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको निवर्तमान अध्यक्ष नुतन ढकालले जानकारी दिएका छन् । पाऊ पाथिभरा मन्दिर चारआलीमा भएको साधारण सभाको संचालन दारी ग्याङ झापाका सदस्य सन्दिप प्रसाईले गरेका थिए भने सहसंयोजक भुवन बुढाथोकी उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए । त्यस्तै संस्थाका सदस्य अमृत शर्माले शुभकामना मन्तव्य रोखेको कार्यक्रममा निवर्तमान अध्यक्ष नुतन ढकालले दारी ग्याङले स्थापना देखि आज सम्म गरेको विभिन्न कार्यक्रमहरुको जानकारी गराएका थिए । अध्यक्षमा चयन भएको पौडलले विगतमा झैँ दारी ग्याङले गर्ने सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिए । समग्र युवा पुस्ताको विकास, विस्तार र प्रर्वद्धनमा विभिन्न कार्यक्रमहरु गरिने जानकारी गराएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दारी ग्याङकाे अध्यक्षमा गाेकुल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img