Homeसमाचारजन्माेत्सबमा कालिकापीठका बटुकलाई बस्त्र दान

जन्माेत्सबमा कालिकापीठका बटुकलाई बस्त्र दान

विर्तामोड १४ कात्तिक । झापाको विर्तामोड नगरपालिका वडा नं–९ गरामनी निवासी मानबहादुर कार्कीको जन्मोत्सवको अवसर पारेर उहाँ र उहाँका परिवारले कालिकापीठमा अध्ययनरत बटुकहरुका लागि बस्त्रदान गर्नुभएको छ ।
पीठमा आयोजित एक कार्यक्रमका बीच ८० बर्षीय मानबहादुर कार्की, उहाँकी धर्मपत्नी लक्ष्मीमाया कार्की एवं उहाँका छोराहरु ध्रुब, चक्र र पुस्प, छोरीहरु मालती, आरती कार्की, नाती नितेश अधिकारी र नातिनीबुहारी विष्णु बस्नेत अधिकारीले पीठमा अध्ययनरत ३५ जना बटुकहरुलाई २३ हजार मूल्य बराबरको कूर्थाको कपडा पीठका प्राचार्य रघुनाथ रिजाललाई प्रदान गर्नुभएको हो ।
सो कपडा प्रदान गर्दै कार्की नाती नितेश अधिकारीले हजुरबुबाको इच्छा अनुसार बस्त्र वितरण गरिएको जानकारी दिदै यसले आफूलाई पनि सामाजिक कार्यप्रति जागरुक गराएको बताउनुभयो । पीठमा अध्ययनरत बटुकहरुलाई लगनशील र अनुशासित बन्दै पूर्वीय धर्मग्रन्थको अध्ययन गरेर वैदिक संस्कृतिको संरक्षणमा लाग्न आग्रह गर्नुभएको थियो ।
बस्त्रदानपछि आचार्य रघुनाथ रिजालले दाता परिवारप्रति आभार तथा कृतज्ञता ज्ञापन गर्दै ब्रह्मचारी एवं वेदपाठी ब्राम्हणलाई गरिएको दानले इहलोक र परलोकमा सुख र शान्ति मिल्ने धारणा राख्नुभयो । देवता, ऋषिमुनी र तपस्वीहरुले तपस्या एवं बास गरेको स्थानमा स्वर्गीय आनन्द प्राप्त हुने धारणा राख्दै उहाँले कालिकापीठसहित नेपालका थुप्रै सिद्ध शक्तिपीठहरुको दर्शन मात्रले पनि स्वर्गको झै आनन्द प्राप्ति हुने बताउनुभयो ।
परापूर्व कालदेखि नै पूजा–अर्चना हुदै आएको र पराम्बादेवी भगवतीको सिद्ध शक्तिपीठका रुपमा रहेको कालिकापीठमा २०५६ सालमा ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको नेतृत्वमा कालिकापीठ ब्यवस्थापन समिति गठन भएपछि औपचारिक रुपमा भौतिक विकास प्रारम्भ भएको हो ।
त्यसयता विभिन्न दानदाताहरुको सहयोगमा पीठ परिसरमा रहेको अक्षयबृक्षमुनी नवदुर्गा मन्दिर, जयन्तेश्वर शिवालय, सप्तऋषिहरुको प्रतिमासहित हवनकुण्ठ, देवी मन्दिर, नवग्रह मन्दिर, एवं पठन–पाठन र आवासका लागि तीनवटा विद्यालय भवन निर्माण भएका छन् भने गौशाला निर्माण गरी गोवंशको संरक्षण पनि गरिदै आएको सचिव भोलानाथ पोखरेलले बताउनुभयो ।
२०६७ सालबाट पीठले कालिका संस्कृत विद्यापीठ सञ्चालन गरेर दुर्गा सप्तसती, रुद्री, बेद, ब्याकरण र पुराण आदि ग्रन्थहरुको अध्ययनरअध्यापन गर्दैरगराउँदै आएको छ । ब्राम्हण बटुकहरुलाई आवासीय सुविधासहित निःशुल्क रुपमा अध्ययन गराउँदै आएको छ ।
महिषासुर लगायतका राक्षसहरुको बध गर्ने क्रममा पराम्बा भगवती देवीले कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइलो झापाको कालिकापीठमा परेको शास्त्रीय प्रमाण योगी नरहरीनाथले २०३३ सालमा पीठमा आयोजित बृहद धार्मिक महोत्सवमा प्रस्तुत गरेपछि उक्त शक्तिपीठप्रति जनविश्वास बढेर गएको स्थानीयहरु बताउँछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्माेत्सबमा कालिकापीठका बटुकलाई बस्त्र दान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img