विराटनगर १० कार्तिक । मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । महादेवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ७ बजे तार बनाई ल्याएको बिल बिनाको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।

































































































